प्रस, निजगढ, ६ चैत/
कोल्हवी नगरपालिका–२ स्थित तामागढी साझेदारी वन व्यवस्थापन समितिको वनक्षेत्रभित्र मङ्गलवार मारिएको अवस्थामा पोथी पाटेबाघ फेला परेको छ ।
तामागढी साझेदारी वन व्यवस्थापन समिति र कोल्हवी सबडिभिजन वन कार्यालयदेखि करीब साढे तीन किलोमिटर उत्तर–पश्चिम वनक्षेत्रभित्र आज बिहान ८ बजे मृत अवस्थामा पाटेबाघ स्थानीयले देखेपछि वन कर्मचारीलाई खबर गरेका थिए ।
बाघको देब्रेतर्फको नाक र आँखा बीच भागको टाउकोमा गहिरो प्वाल जस्तो घाउ देखिएकोले गोली हानेको हुुन सक्ने सुरक्षाकर्मीले आशङ्का गरेका छन् ।
डिभिजन वन कार्यालय बाराका प्रवक्ता जवाहरलालप्रसाद कुर्मीले शल्यपरीक्षण प्रतिवेदनपछि मात्र यथार्थ कुरा प्रकाशमा आउने बताए । पर्सा राष्ट्रिय निकुञ्ज आधाभारका सहायक प्रमुुख सन्तोष भगत, नेपाली सेनाको टोली, इलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी निरीक्षक भोलामान सिंह अधिकारी, सशस्त्र सुुरक्षा बेस कोल्हवीका इन्चार्ज कृष्णविक्रम बानियाँसहितको सुरक्षाकर्मी घटनास्थल पुुगेका थिए ।
संरक्षित वन्यजन्तुु सूूचीमा रहेको पोथी पाटेबाघ अन्दाजी चार वर्ष उमेर पुुगेको हुुन सक्ने निकुुञ्ज कर्मचारीले बताए । शल्यपरीक्षणका लागि बाघको आवश्यक अङ्ग निकाली विधि विज्ञान प्रयोगशाला काठमाडौं लगिएको छ ।
गत फागुुन २२ गते पनि अन्दाजी आठ वर्ष उमेरको पाटेबाघ निजगढ नगरपालिका–४ कछडिया टोलस्थित बकैया खोला पश्चिम नदीउकास वनक्षेत्रमा मृत अवस्थामा फेला परेको थियो ।
यसैबीच, निजगढ नपा–११ स्थित तपोभूमि सामुुदायिक वन उपभोक्ता समूहको वनक्षेत्रभित्र ४० वर्षीया गोठाला दिलकुुमारी मगरलाई बाघले आक्रमण गरी घाइते बनाएको छ । बस्तीको लगभग चार किलोमिटर पश्चिम–दक्षिणतर्फको वनमा खसी, बाख्रा चराइरहेको बेला एक्कासि बाघले झम्टेको मगरले बताइन् ।
बाघले आक्रमण गर्दा आफू घोप्टो परेर लड्न पुुगेको र कराएपछि दुुईजना गोठालाले पनि कराएका र मानिसको आवाज सुनेर बाघ भागेको उनले बताइन् ।
निजगढ नपाको रतनपुर, लाल, निजगढ, सिगौल र जीतपुुरसिमरा उपमहानगरपालिका टाँगियाबस्ती, पिलुुवा, महेन्द्रनगर, कर्तवा, रामवन, चकरी पथलैया, अमलेखगंज, कोल्हवी नपाको झुुरेझुुरे भलुुवाहीखोर, काटा, निकास, सपही, ककरी, बोधवन, रामवन, नयाँबस्तीलगायतका दुुई दर्जनभन्दा बढी बस्तीमा बाघ, चितुुवा, हात्तीको आक्रमणको जोखिम बढेको
छ ।