प्रस, परवानीपुर, ६ चैत/
तेस्रो परवानीपुर गोल्डकप फूटबल प्रतियोगिताको मङ्गलवार भएको खेलमा बाग्मती फूटबल क्लब सर्लाही विजयी भएर सेमिफाइनलमा प्रवेश गरेको छ ।

शक्ति युवा क्लबको आयोजनामा जारी खेलमा हनामी भरतपुर फूटबल क्लब चितवनलाई शून्यका विरुद्ध दुई गोलअन्तरले पराजित गर्दै बाग्मती फूटबल क्लब सर्लाही सेमिफाइनमा प्रवेश गरेको छ ।

परवानीपुर खेलमैदानमा आज भएको खेलमा सर्लाहीका कपिल मगरले पहिलो र सुदीप मगरले दोस्रो गोल गरेका थिए ।

आजको खेलमा बाग्मती फूटबल क्लब सर्लाहीका कपिल मगरले ‘म्यान अफ दी म्याच’ घोषित भए । उनलाई परवानीपुर गापा–३ लिपनीमालका राजेश सर्राफले नगद २१ सयसहित शिल्ड प्रदान गरेका थिए ।

बुधवार पहिलो सेमिफाइनलमा वीरगंज युनाइटेड क्लब र वीरगंज युथ एकेडेमी र पर्सि बिहीवार दोस्रो सेमिफाइनल हेटौंडा फूटबल एकेडेमी मकवानपुर र बाग्मती फूटबल क्लब सर्लाही प्रेस संयोजक तिवारी यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here