प्रस, वीरगंज, ४ चैत/
वीरगंज चिनी कारखानाको खाली जग्गामा सञ्चालित भारतीय काली कम्बलवाला बाबाको शिविरमा आइतवार प्रहरीले हस्तक्षेप गरी बन्द गराएको छ ।

बाबालाई पर्सा प्रहरीले नियन्त्रणमा लिन खोज्दा कथित भक्तजनहरूले प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए । आज दिउँसो शिविरमा प्रहरीले हस्तक्षेप गरी बाबालाई नियन्त्रणमा लिई बेपत्ता बनाएको शिविरमा आएका मानिसहरूको भनाइ छ । यता प्रहरीले पनि बाबा कहाँ गएको भनी थाहा नभएको बताएको छ । शिविरमा क्यान्सर, उच्च रक्तचाप, पत्थरी, गुङ्गो अन्धो, लुलो, मधुमेहलगायतका बिरामीहरूलाई कालो कम्बलले छुना साथै निको हुने भन्दै नेपाल र भारतबाट हजारौंको सङ्ख्यामा बिरामीहरू पुगेका थिए । गत चार दिनदेखि निश्शुल्क सञ्चालित शिविरमा बिरामीहरू निको भएका कसैले ठोकुवा गर्न सकेन । वर्षौंदेखि हिंड्न नसक्ने बिरामीहरू बाबाले कालो कम्बलले छुना साथै तथा आर्शीवाद दिएपछि निको हुने अन्धविश्वास बोकेर भारतबाट आएका बिरामी तथा कुरुवाहरूको सो क्षेत्रमा दैनिक भीड लाग्ने गरेको थियो ।

बाबालाई नियन्त्रणमा लिई प्रहरीले बेपत्ता बनाएपछि गण्डकदेखि पावरहाउस चोकसम्मको सडकखण्ड एक घण्टा जाम भएको थियो ।

आयोजकमध्येका एकजनाले शिविर सञ्चालन भएपछि वीरगंजका अस्पताल खाली भएपछि चिकित्सकहरूको निर्देशनमा शिविरमा प्रहरीले हस्तक्षेप गरेको आरोप लगाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here