प्रस, वीरगंज, ४ चैत/
राउन्ड टेबुल नेपाल टेबुल नं ८ ले फागुन २६ गतेदेखि शुरू गरेको आठ दिने रक्तदान कार्यक्रममा ३० जना महिलासहित ४६५ जना सहभागी भएका रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेयले बताए ।

राउन्ड टेबुल नेपालले परवानीपुरबाट रक्तदान कार्यक्रमको शुभारम्भ गरेको थियो । त्यसपछि क्लार्क रिसोर्ट, भरतचोक कलैया, आदर्शनगर वीरगंज, मारुती फर्मा तथा रियल स्टील कारखाना, नेपोभिट तथा म्याग्नस कारखाना जीतपुर र शनिवार वीरगंजको माईस्थान र सुखचैनामा आठ दिनको नवौं शिविर सञ्चालन गरेर सम्पन्न भएको राउन्ड टेबुल नेपाल पर्साका अध्यक्ष आकाश सर्राफले बताए ।

आठ दिनका नौवटा शिविरमा ३० जना महिला र ४३५ पुरुष गरी ४६५ जनाले रक्तदान गरेका उनले बताए । राउन्ड टेबुलले अन्तर्राष्ट्रिय दिवसको अवसरमा प्रत्येक वर्ष रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको र यस वर्ष पनि सो अभियानलाई निरन्तरता दिएको अध्यक्ष्F सर्राफले बताए । उनले गत वर्ष ४०० पिन्ट सङ्कलन भएको जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here