नितेश कर्ण, वीरगंज, ३० फागुन/
सर्लाहीको सदरमुकाम मलङ्गवा बुधवार बिहानदैखि बन्द भएको छ । मलङ्गवा नगरपालिका–९ स्थित राजदेवी मन्दिर (पूmलमतमाता) को मन्दिरमा रहेका मूर्ति अज्ञात व्यक्तिले तोडफोड गरेको विरोधमा स्थानीयले आज बिहानैदेखि बजार बन्द गराएका छन् ।
मलङ्गवा नगरपालिका र ब्रह्मपुरी गाउँपालिकाको सिमानामा पर्ने झिम नदीनजीकै रहेको राजदेवी मन्दिरमा मङ्गलवार राति केही व्यक्ति पसेर देवी देवताको तस्वीर र पूmलमत माताको शक्तिपीठ (पिंढी)मा तोडफोड गरी क्षति पु¥याएको भन्दै स्थानीय युवाहरूले बिहान मोटरसाइकल जुलुस निकालेर नाराबाजी गर्दै बजार, यातायात, कार्यालय, विद्यालय बन्द गराएका छन् । दिउँसो तीन बजेपछि लामो तथा छोटो दूरीको सवारी साधन सञ्चालनमा आएको थियो ।
प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा दुईजनालाई नियन्त्रणमा लिएको छ । दिउँसो सुरक्षा निकायका प्रमुखलगायत स्थानीय जनप्रतिनिधिहरूले घटनास्थलको निरीक्ष्Fण गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दीपेन्द्र पञ्जियार थारूले आपसी सद्भाव बिथोल्ने कुनैपनि कार्य नगर्न स्थानीयहरूसँग आग्रह गरेका छन् । नगरको ठाउँ–ठाउँमा सुरक्षाकर्मी परिचालन गरिएकाले अप्रिय घटना नभएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक थारुले बताएका छन् ।