प्रस, वीरगंज, ३० फागुन/
वीरगंज महानगरपालिका–१७ रामगढवा निवासी शफी अख्तर देवानकी पत्नी याजमा खातुनले मङ्गलवार पत्रकार सम्मेलन गरी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आप्mनो पतिको बीमादाबी दिन ढिला गरेको आरोप लगाएकी छन् ।
नेपाल पत्रकार महासङ्घ, पर्साको सभाहलमा पत्रकार सम्मेलन गर्दै उनले पतिको २५ लाखको बीमा गरेको र बीमा गरेको दुई वर्षपछि पतिको आँखा गुमेको र सोको बीमादाबी गरेको नौ महीना बितिसक्दा पनि भुक्तानी नभएको आरोप लगाइन् ।
उनले बीमादाबीका लागि आवश्यक सम्पूर्ण कागजात नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा २०८०/२/४ मा पेश गरेको र कम्पनीले पनि रक्ष्Fावरण दाबी फारममा हस्ताक्षर गराएर भुक्तानी गर्ने आश्वासन दिए पनि अहिलेसम्म भुक्तानी नदिएको बताइन् ।
उनले नौ महीना बितिसक्दा पतिले बीमाबापतको भुक्तानी नपाएकोमा आपत्ति जनाइन् । उनको पतिको २५ लाखको बीमा गरिएको र दुई किस्ता करीब पाँच लाख भुक्तानी भइसकेको र तेस्रो भुक्तानीको क्रममा बीमा दाबी गर्दा कम्पनीले अहिलेसम्म भुक्तानी नगरेको बताइन् । यसबारे उनले नेपाल बीमा प्राधिकरणमा पनि उजूरी गरेको जानकारी गराएकी छन् ।