प्रस, वीरगंज, ३० फागुन/
जिल्ला प्रहरी कार्यालय, बाराले लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।

मङ्गलवार इलाका प्रहरी कार्यालय, निजगढले निजगढ नगरपालिका वडा नं १६ टाङ्गियाबस्ती बस्ने वर्ष २७ को अजय घलान भन्ने कान्छाराम तामाड्ढो घरमा खानतलाशी गर्दा लुकाइछिपाइ राखेको ड्रामाटोल १२०५ थान, नाइट्राभेट ७५ थान, एन्टिकफ ६६ थान बरामद भएको जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जनाएका छन् । पक्राउ परेका तामाङलाई बारा जिल्ला अदालत, कलैयाबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रनाउ न्यौपानेले बताए ।

यसैगरी, बारा प्रहरीले रु ७५ लाख ७० हजार बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ ।
फागुन २९ गते इलाका प्रहरी कार्यालय, अमलेखगंजले वीरगंजबाट काठमाडौं जाँदै गरेको ना.५ख ७९४७ नम्बरको मिनीट्रकमा लोड गरेको कस्मेटिक सामान, कपडा, औषधि र अन्य किराना सामान गरी ३६ लाख ८७ हजार मूल्य बराबरका सामान नियन्त्रणमा लिएको प्रनाउ न्यौपानेले बताए ।

यसैगरी, प्रहरी चौकी पथलैयाले वीरगंजबाट रूपन्देही जाँदै गरेको ना.३ख ६९५९ नम्बरको ट्रकमा लोड कपडा, औषधि, चकलेट र अन्य किराना सामान गरी ३८ लाख ८३ हजार मूल्य बराबरको सामान नियन्त्रणमा लिएको छ ।

प्रहरीले बिलभन्दा बढी सामानको स्रोत खुल्न नसकेपछि नियन्त्रणमा लिएको प्रनाउ न्यौपानेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here