प्रस, वीरगंज, ३० फागुन/
जिल्ला प्रहरी कार्यालय, बाराले जालसाजी मुद्दा लागेपछि फरार भएका एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला अदालत बाराबाट जालसाजी मुद्दामा ६२५० रुपियाँ जरिवाना भई फरार भएका महागढीमाई नगरपालिका–७ बेनौली घर भई हाल कलैया उपमहानगरपालिका–१ मोतिबाग बस्ने ५० वर्षीय बिजुलीप्रसाद साहलाई पक्राउ गरी जिल्ला अदालत बारामा बुझाइएको जिप्रका, बाराले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here