प्रस, वीरगंज, ३० फागुन/
वीरगंज महानगरपालिका–१० स्थित रामचरण साह पन्नालाल माविको वार्षिकोत्सव समारोह बुधवार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष सुशील साह कानूले वार्षिकोत्सवको उदघाटन गरेका थिए । उनले शिक्षकको क्षमता विकास गरी विद्यालयको स्तरोन्नतिमा महानगरमा योजनाबद्धरुपमा अगाडि बढेको बताए । उनले शिक्ष्Fकहरुलाई तालीम दिएर दक्ष बनाउन र विद्यालयलाई आर्थिक सहायतालगायतका कार्यक्रम गरी सुधारोन्मुख काम भइरहेको बताए । उनले आप्mनो वडाको सामुदायिक विद्यालयको वार्षिकोत्सवको खर्च वडा कार्यालयले बेहोर्ने र यसको लागि आज विद्यालयलाई एक लाखको सहयोगको घोषणा गरेका थिए ।
कार्यक्रममा विभिन्न प्रतियोगितामा सहभागी भएर प्रथम, द्वितीय र तृतीय भएका नर्सरीदेखि कक्ष्Fा ९ सम्मका ३३ जना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । प्रधानाध्यापक मनोजप्रसाद साहले विद्यार्थीहरुको सिकाइलाई प्राथमिकतामा राखेर काम गरेको बताए ।