काठमाडौं, ३० फागुन/रासस
त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृङ्खला अन्तर्गत बुधवार भएको फाइनल खेलमा नेपाल पपुवा न्यूगिनीसँग पराजित भएको छ । हड्ढड्ढो मोड्ढोकस्थित मिसन रोड क्रिकेट मैदानमा भएको खेलमा नेपाल पपुवा न्यूगिनीसँग ८६ रनले पराजित भएको हो ।

जीतसँगै पपुवा न्यूगिनीले प्रतियोगिताको उपाधि उचाल्दा नेपाल भने दोस्रो स्थानमा रह्यो । त्यस्तै, हड्ढङ तेस्रो भयोे । नेपालले हिजो भएको खेलमा पपुवा न्यूगिनीलाई ८५ रनले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको थियो । त्यसअघि नेपाल र हड्ढङबीच भएको खेल वर्षाका कारण रद्द भएको थियो । हिजै भएको अर्काे खेलमा पपुवा न्यूगिनीले हड्ढङलाई १० विकेटले हराउँदै प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको थियो ।

आजको खेलमा पपुवा न्यूगिनीले जीतका लागि दिएको १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटियो । नेपालका लागि कुनै पनि ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । सन्दीप जोराले सर्वाधिक १७ रनको योगदान दिए । उनले १३ बलमा तीन चौका प्रहार गर्दै १७ रन बनाएका थिए ।

आरिफ शेखले १५ रन जोड्दा कप्तान रोहितकुमार पौडेलले १२ रन जोडे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । गुलशन झा र लोकेश बमले समान छ/छ रन जोडे भने कुशल भुर्तेलले पाँच रन बनाए । त्यसैगरी, विनोद भण्डारीले चार रन जोड्दा करण केसी तीन रनमा आउट भए ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा पपुवा न्यूगिनीका कबु मोरे, सेसे बाउ, चाद सोपर र सेमो कमेले समान दुई/दुई विकेट लिए भने एली नाओले एक विकेट झारे । त्यसअघि टस हारेर पहिला ब्याटिड्ढो निम्तो पाएको पपुवा न्यूगिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १७१ रनको योगफल बनाएको थियो ।

पपुवा न्यूगिनीका लागि टोनी उराले अर्धशतक प्रहार गरे । उनले ३७ बलमा पाँच चौका र चार छक्काको मदतमा ६१ रन बनाएका थिए । त्यसैगरी, एली नाओले अविजित ३० रन बनाए । त्यसैगरी, हिरिहिरीले १५, हिला भारेले १८, चाद सोपरले १३ र किप्लिङ डोरिगाले १४ रन बनाएका थिए ।

नेपालका लागि कुशल भुर्तेल र आकाश चन्दले समान तीन/तीन विकेट लिए भने करण केसी र गुलशन झाले समान एक/एक विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here