मधानी महोत्सव शुरू
प्रस, रौतहट, २४ फागुन/ रौतहटको मौलापुरमा मधानी विशेष पूजा शुरू भएको छ । भगवान् शिव र पार्वतीको विवाहको रूपमा मनाइने मधानी महायज्ञको विशेष पूजा समारोहमा आचार्य शोभाकान्त झाले मन्त्रोचारण गरेका थिए । बुधवारदेखि शुरू भएको महोत्सव शनिवार सम्पन्न हुनेछ । नगरप्रमुख रीनाकुमारी साहको अध्यक्षतामा भएको कार्यक्रममा सांसद रामचन्द्र मण्डललगायतको सहभागिता थियो । कार्यक्रममा विभिन्न शिव […]
विव्यसको अध्यक्षमा कुर्मी
प्रस, परवानीपुर, २४ फागुन/ नेपाल राष्ट्रिय विद्यापीठ मावि, श्रीपुरको विद्यालय व्यवस्थापन समिति गठन भएको छ । समितिको अध्यक्षमा सुन्दर कुर्मी सर्वसम्मत चयन भएका छन् । समितिका सदस्यहरूमा श्रीराम महतो, विनोद महतो, सुगन्धीदेवी बैठा, भगवती साह, भगन्दीदेवी ठाकुरलगायत रहेका छन् । विद्यालय व्यवस्थापन समितिका अन्य पदेन सदस्यहरूमा वडाध्यक्ष अजयकुमार चौरसिया, प्रधानाध्यापक अनिलकुमार बर्णवाल (सदस्य–सचिव)लगायत रहने व्यवस्था […]
तीन दिनदेखि बालकको अवस्था अज्ञात
प्रस, पर्सागढी, २४ फागुन/ पर्सागढी नगरपालिका–४ बस्ने अब्बास मियाँका छोरा शान अली मामाघर वीरगंज–११ श्रीपुर बसेर पढ्दै आएकोमा तीन दिनदेखि बेपत्ता भएका छन् । १३ वर्षीय शान मामाघरबाट खेल्न भनेर निस्केपछि तीन दिनदेखि उनको अवस्था अज्ञात रहेको बुबा अब्बासले बताए । यसबारे प्रहरीमा उजूरी गरिएको र खोजतलाश भइरहेको अब्बासले बताए ।
सेवा सरल हुनुप-यो
जिल्ला प्रशासन कार्यालय पर्सामा सेवाग्राहीहरूले अहिलेसम्म सहज सेवा पाउने अवस्था बनिसकेको छैन । कार्यालयको भौतिक संरचनामा परिवर्तन भएपनि सेवामा भने पुरानै ढर्रा अपनाइँदै आएका कारण सेवा सरल, सहज हुनै सकेको छैन । नागरिकता, नाता प्रमाणित, राहदानी, राष्ट्रिय परिचयपत्र, मतदाता नामावली जस्ता आमजनताको प्रत्यक्ष सरोकार रहने सेवाहरू सरल, सहज हुन सकेका छैनन् । ठूलो सङ्ख्यामा दैनिकरूपमा […]