बैंकबाट अवकाश पाएपछि व्यावसायिक ड्रागनफ्रुट खेती

प्रस, परवानीपुर, २४ फागुन/ बारा जिल्लाको दक्षिणी भेगमा पनि ड्रागनफ्रुटको व्यावसायिक खेती शुरू भएको छ । उत्तरी भेग निजगढ र सिमरामा ड्रागनफ्रुटको खेती शुरू भए तापनि विश्रामपुर गाउँपालिका–५ नकटुवामा यसको खेती भइरहेको छ । एक वर्षदेखि प्रसौनी गाउँपालिका–१ बस्ने मन्त्रीलाल गुप्ताले यो खेती शुरू गरेका छन् । ५४ वर्षीय गुप्ता प्रभु बैंकको पूर्व प्रदेश प्रमुखसमेत […]

वडाध्यक्षसहित चारजनाविरुद्ध मुद्दा दायर

प्रस, वीरगंज, २४ फागुन/ बारा, पचरौता नगरपालिका–४ का अध्यक्ष कन्हैयालाल यादवले गलत तरीकाबाट बाटो सिफारिश गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालले मुद्दा दायर गरेको छ । आयोगले जारी गरेको प्रेस विज्ञप्ति अनुसार वडाध्यक्ष यादवले कालोपत्रसँग जोडिएको जग्गा खेत रहेको भनी बाटो सिफारिश गरी लाखौं रुपैयाँ राजस्व हिनामिना गरेको स्थानीयले उजूरी गरेका थिए । पचरौता […]

कालिकामाई गापा प्रमुख प्रशासकीय अधिकृतविहीन

प्रस, पोखरिया, २४ फागुन/ कालिकामाई गाउँपालिका कार्यालय तीन सातादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन छ । प्रमुख प्रशासकीय अधिकृत नमोनाथ यादवको यही फागुन ४ गते सरुवा भएपछि उनको स्थानमा अहिलेसम्म अर्को प्रमुख प्रशासकीय अधिकृत बहाल भएको छैन । प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिले गापाका कामकारबाई प्रभावित भएका छन् । ठेकेदारहरूले भुक्तानी पाउन ढिला भएर विकास निर्माण कार्यहरू ठप्प […]

कालिकामाईमा दादुरा–रुबेला खोपको लागि अभिमुखीकरण

प्रस, पोखरिया, २४ फागुन/ कालिकामाई गाउँपालिका कार्यालयमा बिहीवार दादुरा–रुबेला खोप अभियानसम्बन्धी पालिकास्तरीय एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्वास्थ्य शाखाका प्रमुख योगेन्द्र चौरसियाले दादुरा–रुबेला मानिसको शरीर बाहिर र भित्र जुन पनि भागमा लाग्ने भएकोले यो रोगविरुद्ध देशैभरि खोप अभियान सञ्चालन भइरहेको बताए । विशेषगरी यो रोग नौ महीनादेखि १५ वर्ष उमेर समूहका […]

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शान्ति -याली

प्रस, वीरगंज, २४ फागुन/ ११४औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आमा नेपाल फाउन्डेशनले बिहीवार प्रभातफेरि तथा शान्ति -याली निकालेको छ । ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ नाराका साथ निस्किएको -यालीमा वीरगंज नर्सिङ क्याम्पस, हरि खेतान बहुमुखी क्याम्पस, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बिर्ताको सहभागिता थियो । बिर्ता मन्दिरबाट निस्किएको -याली नगरपरिक्रमापछि […]

पर्सागढीमा अन्तर्राष्ट्रिय महिला दिवस

प्रस, पर्सागढी, २४ फागुन/ युएसआइडी एडोलेसेन्ट रिप्रोडक्टिभ हेल्थ र पर्सागढी नगरपालिकाको आयोजनामा ११४औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । ‘महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी’ नाराका साथ पर्सागढी नपाको सभाहलमा भएको कार्यक्रममा नगरप्रमुख गोकर्ण पाठकले पालिकाले गर्ने सबै कार्यक्रममा महिला सहभागिता बढाउँदै लगेको बताए । उनले महिलाहरूको क्षमता अभिवृद्धि कार्यक्रमलाई पनि मध्यनजर गर्दै […]

५१ जनाद्वारा रक्तदान

नितेश कर्ण, वीरगंज, २४ फागुन/ नेपाल विद्यार्थी सङ्घले ठाकुर राम बहुमुखी क्याम्पसमा आयोजना गरेको रक्तदान कार्यक्रममा चार जना महिलासहति ५१ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा राजकुमार यादव, इम्तियाज हुसैन, गुडु पटेल, राहुल पटेल, जितन यादव, अमित पटेल, मधु रानामगर, खुशीकुमारी साह, नागज्योति चौधरी, दीपेशकुमार यादव, पिन्टु बैठा, उवाइ मन्सुरी, रितेश पटेल, सुन्धु यादव, पङ्कज […]

सिद्धेश्वर महादेव मन्दिरमा शिवरात्रि पर्व मनाउन उपसमिति गठन

प्रस, वीरगंज, २४ फागुन/ महाशिवरात्रि पर्वलाई भव्य तथा सभ्यरूपमा मनाउन सिद्धेश्वर संस्कृत माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिले विभिन्न उपसमितिहरू गठन गरी कार्यविभाजन गरेको छ । बारा, कलैया उपमहानगरपालिका–३ स्थित सिद्धेश्वरनाथ महादेव मन्दिरमा महाशिवरात्रि पर्वको अवसरमा शुक्रवार अखण्ड रुद्राभिषेक, रुद्री, चण्डीपाठ, हवन गरी मनाउन विभिन्न उपसमितिहरू गठन गरिएको छ । अतिथि सत्कार उपसमितिमा मणिन्द्रनाथ शर्मा, मोहन […]

श्याम महोत्सवमा शोभायात्रा

प्रस, वीरगंज, २४ फागुन/ श्यामबाबा महोत्सवको अवसरमा बिहीवार वीरगंजमा शोभायात्रा निकालिएको छ । घण्टाघरबाट निकालिएको शोभा यात्रा नगरपरिक्रमापछि महावीर टिबडेवाला धर्मशालामा पुगेर समापन भएको थियो । शोभायात्रामा नगरप्रमुख राजेशमान सिंह, सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्य, ग्रीन सिटीका प्रकाश खेतान, व्यवसायी सञ्जय अग्रवाल, धीरज दारुकालगायतको सहभागिता थियो ।

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।