टाटा सुमो दुर्घटना
बलिराम शुक्ला, बिरुवागुठी, २३ फागुन/ पर्सागढीमा गएराति टाटा सुमो गाडी दुर्घटनामा परेको छ । जीतपुरतर्पmबाट मनवा बजारतर्पm जाँदै गरेको ना.१ज ३५७८ नम्बरको सुमो तीव्र गतिको कारण पर्सागढी नगरपालिका वडा नं ३ बडनिहार बजारनजीक गहुँखेतमा दुर्घटना भएको हो । सुमोमा कोही यात्रु नरहेको र चालक कुन्दन महतो सकुशल रहेको बडनिहार प्रहरी चौकीले जनाएको छ ।
नक्कली रुपैयाँसहित एकजना पक्राउ
प्रस, सिम्रौनगढ, २३ फागुन/ सिम्रौनगढ नगरपालिका–४ हरिहरपुरबाट हिजो दिउँसो इलाका प्रहरी कार्यालय, सिम्रौनगढले नक्कली रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ । इप्रका, सिम्रौनगढका प्रहरी निरीक्षक नवीन राई नेतृत्वको टोलीले महागढीमाई नपा–९ कञ्चनपुर निवासी रामविनय सहनीलाई नक्कली भारु र आठ हजार नेरु नोटसहित पक्राउ गरेको थियो । भारतीय नम्बरको मोटरसाइकलमा सवार उनलाई सिम्रौनगढ नगरपालिका–४ हरिहरपुरमा चेकजाँच गर्दा […]
पालिका कप क्रिकेट रौतहटमा फागुन २६ गतेदेखि हुने
प्रस, रौतहट, २३ फागुन/ रौतहट जिल्लाका सबै पालिकाको सहभागितामा यही फागुन २६ गतेदेखि रौतहट क्रिकेट सङ्घको आयोजनामा पालिका कप हुने बताइएको छ । पालिका कपबारेमा बुधवार आयोजित पत्रकार सम्मेलनमा रौतहट क्रिकेट सङ्घका अध्यक्ष पवन साहले १८ वटै पालिका सहभागी हुने पालिका कप क्रिकेट यही फागुन २६ गतेदेखि शुरू हुने बताए । उनले पालिका कपको तयारी […]
फस्टाउँदो माछापालन
कुनै बखत माछामा परनिर्भर रहेको पर्सा जिल्ला हालका केही वर्षदेखि माछामा आत्मनिर्भर छ । यसअघि छिमेकी बारा जिल्लाबाट स्थानीय माछा र भारतको आन्ध्र प्रदेशबाट तीन/चार दिनको अन्तरालमा आउने माछाले यहाँको बजार धानेको थियो । भारतको आन्ध्र प्रदेशको ठूला आकारका माछाको बजार अहिले पनि छ, ठूला आकारका माछा विवाह, उत्सवहरूमा गरिने पार्टीहरूमा सीमित बन्दै गएको छ […]