सन् २०२४ को पहिलो दुई महीनामा चीनको निर्यातमा वृद्धि

बेइजिङ, २४ फागुन/एएफपी सन् २०२४ को पहिलो दुई महीनामा चीनको निर्यात तीव्र गतिमा बढेको सरकारी तथ्याङ्कले बिहीवार देखाएको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले आर्थिक पुनरुत्थानका लागि सङ्घर्ष गरिरहेको बेला निर्यातमा देखिएको वृद्धिले नीति निर्माताहरूलाई प्रोत्साहन मिलेको छ । विदेशी ढुवानीले लामो समयदेखि देशको आर्थिक वृद्धिको प्रमुख चालकको रूपमा काम गर्दै आएको छ । […]

विशेष दर्जा कटौतीपछि भारतीय प्रधानमन्त्रीको पहिलो कश्मीर भ्रमण

श्रीनगर (भारत), २४ फागुन/एएफपी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१९ मा विवादित क्षेत्र कश्मीरको अर्ध स्वायत्तता खारेज गरेपछिको पहिलो भ्रमणका क्रममा बिहीवार भारत प्रशासित कश्मीरको मुख्य शहरमा -याली गर्ने भएका छन् । मोदी सरकारले मुस्लिम–बहुल क्षेत्र कश्मीरको विशेष संवैधानिक हैसियत खोस्दै पहिलेको राज्यलाई नयाँ दिल्लीबाट प्रत्यक्ष शासित दुर्ई क्षेत्रमा विभाजित गरेको थियो । उक्त कदमलाई […]

सेवाग्राहीहरू भन्छन् जिल्ला प्रशासनको लापरवाही, जिल्ला प्रशासन भन्छ सेवाग्राहीको लापरवाही

प्रस, वीरगंज, २३ फागुन/ जिल्ला प्रशासन कार्यालय, पर्साका कर्मचारीहरूको लापरवाहीको शिकार सेवाग्राहीहरू हुन परेको छ । खासगरी अशिक्षित सेवाग्राहीहरूले झनै मार खेपिरहेका छन् । नागरिकता बनाउने क्रममा अशिक्षित सेवाग्राहीले जिप्रका, पर्साका कर्मचारीहरूले जे नाम, ठेगाना लेखेर दियो सहर्ष स्वीकारेर जाने गर्थे । तर सोही नागरिकता हराएर प्रतिलिपि बनाउने क्रममा भने उनीहरूले विभिन्न खाले समस्याहरू झेल्नुपरेको […]

मजदूर निष्कासनपछि उद्योगमा विवाद

प्रस, परवानीपुर, २३ फागुन/ वीरगंज महानगरपालिका–२१ परवानीपुरस्थित पाना पेपर वक्र्समा मजदूरलाई निष्कासित गरेको विषयलाई लिएर बुधवारदेखि विवाद शुरू भएको छ । सो उद्योगमा कार्यरत आठजना मजदूरलाई दुई महीना अवधिमा निष्कासित गरिएको विरोधमा हिजो मङ्गलवारदेखि त्यहाँ कार्यरत मजदूरहरू विरोधमा उत्रिएका हुन् । गत माघ ३ गते सो उद्योगमा कार्यरत मजदूरहरू प्रदीप कुर्मी, रवीन्द्रप्रसाद जयसवाल, विजय यादव, […]

२६ महिलासहित १७१ जनाद्वारा रक्तदान

प्रस, वीरगंज, २३ फागुन/ पर्सा र सर्लाही गरी बुधवार तीन स्थानमा भएको रक्तदान कार्यक्रममा २६ जना महिलासहित १७८ जनाले रक्तदान गरेका छन् । वीरगंज महानगरमा ग्लोबल बिजनेश कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा १४ जना महिलासहित १०६ जनाले रक्तदान गरेका रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेयले बताए । सोनु श्रेष्ठ, नसरिन खातुन, टेकेन्द्र साह, अनुज […]

मृत्युपश्चात् आँखाको नानी निकालियो

प्रस, परवानीपुर, २३ फागुन/ वीरगंज महानगरपालिका–९ निवासी अशोककुमार शर्माको निधनपश्चात् बुधवार आँखाको नानी (क्रोनिया) निकालिएको छ । उनले जीवित रहँदा नै आँखादान गरेकाले बुधवार उनको निधनपश्चात् रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालको टोलीले उनको आँखाको नानी निकालेको हो । शर्माको ६० वर्षको उमेरमा आज निधन भएको र उनको इच्छानुसार आँखाको नानी निकालिएको अस्पतालका नेत्र अधिकृत हरिकान्त […]

ऐतिहासिक जीराभवानी मन्दिरमा महाशिवरात्रिको मेला लाग्दै

ओमप्रकाश चौधरी, सेढवा, २३ फागुन/ पर्सा जिल्लाकै ऐतिहासिक तथा धार्मिक महŒव बोकेको जीराभवानी मेला आउँदो महाशिवरात्रिका दिनदेखि १० दिनका लागि लाग्दैछ । फागुन २५ गते महाशिवरात्रिको दिनदेखि मन्दिरमा लाग्ने मेलामा बारा, पर्सा, चितवन, मकवानपुर तथा भारतका बिहार र उत्तर प्रदेशका भक्तजन आउने गर्छन् । महाशिवरात्रिका दिन भक्तहरूले विशेष पूजा, जल, प्रसाद, बेलपत्र चढाइ पूजापाठ गर्नुका […]

दुर्गा पल्समा मजदूरको श्रम शोषण भएको आरोप

प्रस, परवानीपुर, २३ फागुन/ वीरगंज महानगरपालिका–३२ चोर्नीस्थित दुर्गा पल्स प्रालिले मजदूरहरूको श्रम शोषण गरेको आरोप लागेको छ । सरकारले तोके न्यूनतम ज्यालाभन्दा निकै कममा उद्योगले मजदुरहरूलाई काम गराउँदै आएको त्यहाँ कार्यरत मजदूरहरूले बताए । श्रम ऐन अनुसार आठ घण्टा काम गरेबापत दैनिक रु ५१८ का दरले पारिश्रमिक दिनुपर्नेमा उद्योगले त्यहाँ कार्यरत मजदूरहरूलाई दैनिक रु ३६६ […]

प्रहरीले अभियुक्त छाडेको पीडितको आरोप

प्रस, रौतहट, २३ फागुन/ बौधीमाई नगरपालिका–६ निवासी काशीप्रसाद जयसवालले बुधवार पत्रकार सम्मेलन गरी नाबालिग छोरीको अपहरण गरेको कसूरमा पक्राउ परेका चारजनालाई प्रहरीले छाडेको आरोप लगाएका छन् । उनले फागुन १८ गते शुक्रवार राति साढे दश बजे करीब छजनाको समूहले १६ वर्षीया छोरीलाई घरबाहिरबाट मोटरसाइकलमा राखेर लगेको र ती व्यक्तिहरूलाई मौलापुर प्रहरीले पक्राउ गरेकोमा घटनाको तीन […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।