समाज मनोविज्ञानको चैतन्यीकरण
• सञ्जय साह मित्र विज्ञानले मान्ने कुरा हो – पदार्थमा चेतना हुँदैन । पदार्थ त जड हो । पदार्थमा चेतना नहुनुको अर्थ पदार्थ जति सबै निर्जीव हुन्छ । पदार्थमा जीवन हुँदैन । यस किसिमको विचारलाई भौतिकवाद भनिन्छ । भौतिकवादले अध्यात्मलाई मान्दैन । भौतिकवाद र अध्यात्मलाई कतिपयले विपरीत विचार मान्दछन् तर आजभोलि आध्यात्मिक भौतिकवाद र भौतिक […]
बस दुर्घटनामा मृतकको सङ्ख्या सात पुग्यो
मलेखु (धादिङ), २३ फागुन/रासस धादिड्ढो गजुरी गाउँपालिका–५ घाटबेंसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । कपिलवस्तुबाट काठमाडौंतर्पm आउँदै गरेको लु.२ख २१२१ नम्बरको यात्रुवाहक बस पृथ्वी राजमार्गको घाटबेंसी भन्ने ठाउँबाट बुधवार बिहान त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा एकजना महिलासहित सातजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धादिड्ढा प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए […]
‘व्यावसायिक पत्रकारितामा केन्द्रित हुनुपर्ने’
काठमाडौं, २३ फागुन/रासस पत्रकारिता क्षेत्रका अग्रजले सञ्चारगृह दिगो व्यावसायिक पत्रकारितामा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । ११४औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर नेपाल प्रेस युनियन, महिला विभागद्वारा बुधवार आयोजित पत्रकारका अनुभव आदानप्रदान कार्यक्रममा पत्रकारिताको व्यावसायिक अभ्यासलाई थप पेशागत, मर्यादित बनाउन सम्बन्धित पक्ष तत्पर रहनुपर्ने बताए । नेपाल पत्रकार महासङ्घकी उपाध्यक्ष बाला अधिकारीले मुलुकको सर्वोत्तम हितका […]
अन्तर्राष्ट्रिय पिकलबल यसै साता
काठमाडौैं, २३ फागुन/रासस शुक्रवारदेखि नेपाल खुला अन्तर्राष्ट्रिय पिकलबल च्याम्पियनशिप हुने भएको छ । पिकलबल सङ्घ नेपालको आयोजनामा यही फागुन २५ र २६ गते आयोजना हुने उक्त प्रतियोगितामा आठ देशका १२० खेलाडी सहभागी हुने भएका छन् । पिकलबल सङ्घ नेपालका अध्यक्ष सौरभ भण्डारीका अनुसार उक्त प्रतियोगितामा नेपालसहित भारत, बेलायत, अमेरिका, सिङ्गापुर, थाइल्यान्ड, स्पेन र पोर्चुगलका खेलाडीले […]
विश्वकप क्रिकेटका लागि पाँच करोड निकासा
काठमाडौं, २३ फागुन/रासस आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको तयारीका लागि अर्थ मन्त्रालयले रु पाँच करोड निकासा गरेको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य–सचिव टङ्कलाल घिसिङले विश्वकप क्रिकेट प्रतियोगिताको तयारीका लागि उक्त रकम निकासा भएको जानकारी दिए । “नेपाली टोलीले क्रिकेटको विश्वकप जस्तो ठूलो प्रतियोगिता खेल्दै छ । विश्वकपको तयारीका लागि राष्ट्रिय खेलकूद परिषद्ले […]
पेरूका प्रधानमन्त्रीद्वारा राजीनामा
लिमा, २३ फागुन/एएफपी पेरुका शक्तिशाली प्रधानमन्त्री अल्बर्टाे ओटारोलाले एक युवतीलाई अवैध काममा सहयोग गरेको आरोप लागेपछि मङ्गलवार राजीनामा दिएका छन् । ओटारोलाले लिमामा पत्रकारहरूसँग कुरा गर्दै भने, “राष्ट्रपतिसँग मैले आफ्नो पदबाट राजीनामा पेश गर्ने निर्णयको घोषणा गरेको छु ।” ओटारोला एक अनुभवी राजनीतिज्ञ र वकील हुन् । उनले राष्ट्रपति डिना बोलुआर्टेको चिफ अफ स्टाफको रूपमा […]
करीब एक लाख अफगानी आप्रवासी स्वदेश फिर्ता
काबुल, २३ फागुन/एएनआई इरान, पाकिस्तान र टर्कीबाट एक महीनामा करीब एक लाख आप्रवासी त्यहाँ बस्ने विकल्पहरू नहुँदा अफगानिस्तान फर्केका छन् । तालिबान नेतृत्वको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले विदेशबाट फर्केका नागरिकको सङ्ख्या पुष्टि गर्दै सबैलाई पुनस्र्थापनाका लागि सरकारले सहयोग गरेको जनाएको छ । “जनवरी महीनामा पाकिस्तान, इरान र टर्कीबाट ९६ हजार ४९० अफगानी आप्रवासी स्वदेश […]
अस्ट्रेलिया र आसियानद्वारा गाजा युद्धविरामको आह्वान
मेलबर्न, अस्ट्रेलिया, २३ फागुन/सिन्ह्वा अस्ट्रेलियाका नेताहरू र दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान) का सदस्यहरूले मेलबर्नमा आयोजित विशेष शिखर सम्मेलनपछि बुधवार गाजामा तत्काल युद्धविरामको आह्वान गरेका छन् । आसियान र अस्ट्रेलियाले विशेष शिखर सम्मेलनको अन्त्यका लागि जारी विज्ञप्तिमा नेताहरूले गाजाको गम्भीर मानवीय अवस्थाबारे आफूहरूको साझा चिन्ता व्यक्त गर्दै तत्काल दिगो युद्धविरामका लागि आग्रह गरेका हुन् । […]
गर्मी शुरू भएपछि माछाको मूल्य घट्दै
नरेश यादव, पर्सागढी, २२ फागुुन/ गर्मीयाम शुरू भएसँगै माछाको मूल्य घट्न शुरू भएको छ । जाडोमा माछाको माग बढी हुने र मूल्य पनि बढेको थियो । पर्सागढीका माछापालक फूलमहमद मियाँले गर्मीयाम शुरू भएसँगै माछाको मूल्य घट्न थालेको बताए । उनले जाडोयाममा एक किलो तौलको रहु माछा रु ४०० र दुई किलो तौलको रु ६०० मा […]
२०८० फागुन २३ गते बुधवारको प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोला