काठमाडौं, २१ फागुन/रासस
साफ यू–१६ महिला च्याम्पियनशिप फूटबल प्रतियोगितामा नेपालले भुटानलाई पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमवार सम्पन्न खेलमा नेपालले भुटानलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । नेपालका लागि पूजा गिरी, भूमिका बुढाथोकी र ग्यान्सु डोल्मा लोले समान एक/एक गोल गरे । खेलको १४औं मिनेटमा पूजाको गोलमार्पmत नेपालले पहिलो अग्रता लियो । पूजाले गोल गरेको चार मिनेटपछि कप्तान भूमिकाले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् ।
खेलको ३१औं मिनेटमा ग्यान्सुले एक गोल थपिन् । त्यसपछि खेलमा गोल हुन सकेन र नेपालले भुटानमाथि सहज जीत निकाल्यो । जीतसँगै नेपालले प्रतियोगितामा पहिलो जीत हासिल गरेको छ ।
नेपाल पहिलो खेलमा बङ्गलादेशसँग २–० ले पराजित भएको थियो । यससँगै नेपालले प्रतियोगितामा तीन अङ्क बटुलेको छ । अब नेपालले यही फागुन २४ गते भारतसँग खेल्नेछ ।