प्रस, सेढवा, २० फागुन/
पटेर्वासुगौली गाउँपालिका–४ फरदवाका अनाथ तीनजना बालबालिकालाई आर्थिक सहयोग गरिएको छ ।
नेपाल तरुण दल, पटेर्वासुगौलीले आर्थिक सहयोगका लागि अपील गरेपछि हालसम्म सो बालबालिकाको भरणपोषणको लागि एक लाख ३२ हजार रकम सङ्कलन भएको र गापा अध्यक्ष दिनेशकुमार चौधरीले सो रकम महिमा कुमारी, करिमा कुमारी र विकाश पञ्जियारलाई हस्तान्तरण गरेका छन् ।
तीन महीनाभित्र ती बालबालिकाका बुबा र आमाको मृत्यु भएपछि तरुण दलले उनीहरूको भरणपोषणको लागि सामाजिक सञ्जालमार्पmत आर्थिक सहयोग गर्न अपील गरेको थियो ।
१७ वर्षीया महिमा कक्षा १२, १५ वर्षीया करिमा कक्ष्Fा ९ र १२ वर्षीय विकाश पञ्जियार कक्षा ७ मा अध्ययनरत छन् । उनीहरूसँग सम्पत्तिको नाममा फुसको घर छ भने बुबाको नाममा रहेको तीन कट्ठा जमीन भलुवाही नदीको कटानमा परी बालुवामा परिणत भएको छ ।
नेपाल दरुण दल पटेर्वासुगौलीका अध्यक्ष मुकेश गौरोको अध्यक्षतामा भएको आर्थिक सहयोग कार्यक्रममा उपाध्यक्ष ममता महतो, वडाध्यक्ष विजय गैरे, वासु पञ्जियारलगायतको सहभागिता थियो ।