प्रस, वीरगंज, २० फागुन/
नेपाल चिकित्सक सङ्घ पर्साले ७४औं चिकित्सक दिवस मनाएको छ । ‘समाजको लागि चिकित्सक र चिकित्साको लागि समाज’ नाराका साथ चिकित्सक दिवस सङ्घको वीरगंज महानगरपालिका–४ स्थित सभाहलमा आइतवार मनाइएको थियो ।

सङ्घका सचिव डा नौशाद आलमले आगामी वर्ष गरिने कार्यक्रमहरूबारेमा जानकारी गराएका थिए । यसैगरी, उनले सङ्घले पेशागत हितमा चालू आवका गरेका गतिविधिहरूबारेमा पनि जानकारी गराएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि डा गोपालप्रसाद गजुरेलले चिकित्सक दिवसको शुभकामना दिंदै देश र समाज सुधारमा चिकित्सकको भूमिका अहम् भएको बताए ।

उनले चिकित्सकले बिरामीको भावना, मर्म बुझेर उपचार गर्नुपर्ने बताए । कार्यक्रम सङ्घका अध्यक्ष डा. मनोजकुमार गुप्ताको अध्यक्षतामा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here