प्रस, वीरगंज, १७ फागुन/
जिल्ला प्रहरी कार्यालय, बाराले ८४ लाख ९८ हजार मूल्य बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ ।
गएराति प्रहरी चौकी पथलैयाले वीरगंजबाट कैलाली जाँदै गरेको ना.६ख १०५७ नम्बरको ट्रकमा लोड रहेको ८४ लाख ७६ हजार मूल्य बराबरका खुद्रा सामान र वीरगंजबाट काठमाडौंतर्पm जाँदै गरेको बा.प्र.०३–००१ख २५३९ नम्बरको बसमा लोड गरिएको २२ हजार ९४० मूल्य बराबरको बेलुन, स्टिकर नियन्त्रणमा लिएको जिप्रका, बाराले जनाएको छ ।
बिल भरपाईभन्दा बढी सामान देखिएपछि ट्रक र सामान नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय, पथलैया बुझाएको जिप्रका, बाराले जनाएको छ ।