प्रस, सिम्रौनगढ, १६ फागुन/
इलाका प्रहरी कार्यालय, सिम्रौनगढले हिजो राति साढे १० बजे सीमावर्ती क्षेत्र बारागढीबाट १५ किलो गाँजासहित तीनजना नेपालीलाई पक्राउ गरेको छ ।
प्रहरीले जनाए अनुसार सिम्रौनगढ नपा–४ गङ्गानगरस्थित बारागढीबाट भारततर्फ जाँदै गरेको ना.३८प १४११ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा सोबाट १५ किलो गाँजा बरामद भएको थियो । गाँजा बरामद भएपछि मोटरसाइकलमा सवार आदर्श कोतवाल गापा–३ बतराका २७ वर्षीय सरोजकुमार गिरी, रौतहट जिल्ला फतुवा विजयपुर नपा–३ मेवा बस्ने ५० वर्षीय रामानन्द साह र ४५ वर्षीय चुलाई महरालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।