प्रस, निजगढ, १५ फागुन/
निजगढ नगरपालिका–७ स्थित रोहित वर्कशपमा शङ्कास्पद वस्तुु काट्ने क्रममा हिजो भएको विष्फोटको घटनामा थप दुुईजनाको मृत्युु भएको छ ।
मृत्युु हुुनेमा भारत गवाईका ३५ वर्षीय राकेश जैसवाल र वीरगंज महानगरपालिका–९ का २० वर्षीय रितुु रजत रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, बाराका अनुुसार राकेशको सोमवार राति पौने १० बजे र रितुुको मङ्गलवार बिहान साढे सात बजे उपचारको क्रममा वीरगंजस्थित वयोधा अस्पतालमा मृत्युु भएकोे थियो । घटनामा गम्भीर घाइते वीरगंज महानगरपालिका–९ का ३४ वर्षीय फिरोज देवानको अवस्था चिन्ताजनक छ । हिजो भएको विष्फोटमा घाइते अन्य छजनाको अवस्था भने सामान्य रहेको बारा प्रहरीले जनाएको छ ।
रोहित वर्कशपका सञ्चालक निजगढ नपाका ४५ वर्षीय रेशम मगरको हिजै दिउँसो डेढ बजे वयोधा अस्पतालमा नै उपचारको क्रममा मृत्युु भएको थियो । उनी ग्रील व्यवसायी महासङ्घ बाराका अध्यक्ष पनि थिए ।
शङ्कास्पद वस्तुु बिक्री गर्ने निजगढ नपा–९ नदीकाटका २५ वर्षीय टीकाराम पाख्रिन र खरीदकर्ता कबाडी पसले भारत मोतिहारी निवासी हाल निजगढ नपा–९ शहीद चोकमा व्यापार गर्ने ४० वर्षीय राज भनिने रमेश जैसवाललाई बारा जिल्ला अदालतले आज अनुसन्धानको लागि सात दिनको म्याद थपेको जिप्रका, बाराले जनाएको छ । पाख्रिन ट्रकका सहचालक हुन् ।
घटनाको अनुुसन्धान क्रममा हाल नम्बर खुुल्न नसकेको कबाडी सामान ओसारपोसार गर्ने ट्रकका सहचालक अन्दाजी २५ वर्षीय टीकाराम पाख्रिन र निजकी पत्नी शर्मिला थिङलाई सोमवार अबेर राति इलाका प्रहरी कार्यालय, निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठ नेतृत्वको टोलीले घरबाट पक्राउ गरेको थियो । उनीहरूले राज भनिने रमेश जैसवालको कबाडी पसलमा अन्य फलामे कबाडी सामानसँगै ८–१० किलोग्रामको वजनदार शङ्कास्पद वस्तुु बिक्री गरेको खुुलेको थियो । सो शङ्कास्पद वस्तुुसहित छ हजार दुई सय रुपैयाँमा उनीहरूले कबाडी सामान बिक्री गरेको खुलेको
छ ।
सहचालक पाख्रिनले आफूलाई पैसाको खाँचो भएको र ट्रक चालक छिमेकी वासुु तामाङलाई भनेको र उनले घरमा रहेको कबाडी सामानहरू बिक्री गर्न सुझाएका र तामाड्ढी पत्नी माया तामाङसँग सो कबाडी सामान बिक्री गरेको बताएका छन् । सोही कबाडमा उक्त शङ्कास्पद वस्तु पनि रहेको बुझिन आएको छ । सहचालक पाख्रिनले दुई साताअघि धनुषाको धारापानीबाट ट्रकमा आएको कबाडका सामानमा सो शङ्कास्पद वस्तु पनि रहेको बताएका छन् । उनले अरू कबाडका सामान बिक्री गरे पनि पित्तलको सामान देखेर बढी पैसा आउने लोभमा चालक वासु तामाड्ढो घरमा राखेको र सोही सामान बिक्री गरेको बताएका छन् ।
टीकाराम र निजकी पत्नी शर्मिलाले उक्त पित्तलको सामान अटोमा राखेर बिक्रीका लागि आफूहरू मोटरसाइकलमा पछिपछि गएको सिसिटिभीबाट देखिएको छ । शङ्कास्पद पित्तल ग्रेडरले काट्ने क्रममा विष्फोट भएको थियो । विष्फोटपछि कबाड पसले जैसवालकी पत्नी एम्बुलेन्समा चढेर भागेकी र निजलाई कलैया अस्पतालबाट हिजो दिउँसो प्रहरीले पक्राउ गरेको थियो ।
घटनास्थलको निरीक्षण गर्न आएका सुुरक्षा अधिकारीहरूले विष्फोट भएको वस्तुु प्रोजेक्टाइल हुुन सक्ने अनुुमान गरेको छ र घटनास्थलमा भेटिएका अवशेष सङ्कलन गरी विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाएको छ ।
सम्बन्धित समाचार: शङ्कास्पद वस्तुु विष्फोटबाट एकजनाको मृत्युु, पाँचजना घाइते