प्रस, वीरगंज, १५ फागुन/
उपकार सेवा नेपालले वीरगंज महानगरपालिका–३२ टेढास्थित मन मिश्र आधारभूत विद्यालयमा स्टीलको खानेपानी टङ्की र धारा जडान गरेको छ ।
संस्थाकी अध्यक्ष विद्यादेवी सरावगीले मङ्गलवार विद्यालयमा जडान गरिएको टङ्की र धारा प्रधानाध्यापक राजाराम साहलाई हस्तान्तरण गरेकी थिइन् । विद्यालयमा ६३८ जना विद्यार्थी अध्ययन गर्दै आएका तर खानेपानीको उचित व्यवस्था नभएको थाहा पाएर उपकार सेवा नेपालले रु २८ हजारको लागतमा स्टीलको टङ्की र धारा जडान गरिदिएको सामाजिक कार्यकता प्रकाश थारूले बताए । कार्यक्रममा संस्थाका सुमन बगेडिया, आकुर शर्मा, शिक्षक मदनमोहन पञ्जियार, जयमङ्गल सिंहलगायतको सहभागिता थियो ।