रामेश्वर मेहता, सिम्रौनगढ, १३ फागुन/
सिम्रौनगढ नगरपालिकाको नगरसभा अहिलेसम्म बस्न सकेको छैन । नगरसभा गत पुस १५ गते गरेर शिक्षक, स्वास्थ्यकर्मी र कर्मचारीहरूको तलब खुवाउने सहमति भएको थियो । तलब नपाएको भन्दै सामुदायिक विद्यालयका करार, अस्थायी, दैनिक ज्यालादारी र पछि स्थायी कर्मचारीहरूले आन्दोलन, धर्ना दिएर विवाद चर्किएको र सो क्रममा एकजनाको मृत्यु पनि भएपछि जिल्ला प्रशासन कार्यालय, बाराले विवाद साम्य पार्न दुवै पक्षलाई पुस १५ गतेको समयसीमा दिएर नगरसभा गरेर तलब भुक्तानी दिन सहमति गराएको थियो ।

सहमति गराएको पनि दुई महीना बितिसक्दा अहिलेसम्म नगरसभा हुन सकेको छैन र कर्मचारीहरूले तलब पाएका छैनन् । सामुदायिक विद्यालयहरूमा स्थायीबाहेक कर्मचारीहरूको सहभागिता न्यून छ । करीब दुई सयभन्दा बढी करार र दैनिक ज्यालादारीका शिक्ष्Fकहरू छन् । उनीहरूले १८ महीनादेखि तलब पाएका छैनन् ।

यसैगरी स्थायी कर्मचारीहरूले पनि सात महीनादेखि तलब पाउन सकेका छैनन् । एकजना वडा सदस्यले नगरसभाको लागि निरन्तर बैठक बसिरहेको तर अहिलेसम्म सहमति हुन नसकेको बताए । उनले दैनिक बैठक बसिरहेको तर सहमति हुन नसक्दा नगरसभा हुन नसकेको बताए ।

सिम्रौनगढ नपामा लोसपाबाट नगरप्रमुख, उपप्रमुख र दुईजना वडाध्यक्ष गरी तीनजना विजयी भएका छन् भने नेकपा एसबाट एकजना र नेपाली काङ्ग्रेसबाट आठजना वडाध्यक्षमा विजयी भएका छन् ।

नगरसभा नहुँदा नगरपालिका, अस्पताल, वडा कार्यालय, सामुदायिक विद्यालयहरूको अध्ययन लथालिङ्ग भताभुङ्ग अवस्थामा छ ।

प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले यस अघि सहमति गरिएको तर नगरसभा हुन नसकेको बताए । उनले नगरसभाको लागि पुनः आजभोलिमा सहमति गराउने र चाँडै कार्यान्वयनमा ल्याउने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here