प्रस, वीरगंज, १२ फागुन/
अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (इस्कोन) वीरगंजको आयोजनामा वीरगंजमा पहिलोपटक श्रीजगन्नाथ रथयात्रा निकालिएको छ ।

भारतको उडिसा राज्यको जगन्नाथपुरीमा वर्षाैदेखि निकालिंदै आएको यो रथयात्रा पछिल्लो समयमा नेपालको काठमाडौं र विराटनगरमा निकालिंदै आएको थियो । शनिवार पहिलोचोटी वीरगंजमा रथयात्रा आयोजना गरिएको हुँदा ठूलो सङ्ख्यामा भक्तजनको सहभागिता थियो । घण्टाघरबाट भव्यताका साथ निस्केको रथयात्रा मेनरोड माईस्थान, आदर्शनगर, अलखियामठ, कैलासरोड, वीरगंज महानगरपालिका, ठाराबक्याम्पस, स्वीमिङ्गपुल हुँदै आदर्शनगरस्थित पुरानो बसपार्कमा पुगेर समापन भएको थियो ।

रथयात्रामा सहभागी भक्तजनलाई महाप्रसादको पनि व्यवस्था गरिएको थियो । इस्कोन नेपालका प्रमुख पत्री दासको संयोजनमा भएको कार्यक्रममा वीरगंज महानगरका प्रमुख राजेशमान सिंह, विभिन्न मठमन्दिरका पुजारी, धार्मिक सङ्संस्थाका प्रतिनिधि, राजनीतिक दलका अगुवा र नेपाल–भारतबाट श्रद्धालुहरूको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here