प्रस, पोखरिया, ९ फागुन/
चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्तीको निर्मल–ठोरी मध्यवर्ती उपभोक्ता समिति अन्तर्गत वन्यजन्तु प्रभावित क्षेत्रका दुई विद्यालयका विद्यार्थीहरूलाई न्यानो पोशाक वितरण गरिएको छ । नेराप्रावि शिकारीबास र नेराप्रावि इच्छानगरमा अध्ययनरत विद्यार्थीहरूलाई ठोरी गापाका अध्यक्ष लालबहादुर श्रेष्ठले न्यानो कपडा ट्र्याकसुट वितरण गरेका थिए ।
उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्षद्वय अमृतकृष्ण सापकोटा, शम्भु खड्का, जिसस पर्साका पूर्वउपसभापति ठाकुर न्यौपाने, राजेश लामा, चितवन राष्ट्रिय निकुञ्जका रेन्जर दिनेशकुमार यादव, प्रअ सुजित बस्नेतलगायतले मन्तव्य व्यक्त गरेका थिए ।