दिनेशकुमार मिश्र, वीरगंज, ९ फागुन/
दोस्रो सखुवाप्रसौनी क्रिकेट प्रतियोगिता–२०८० अन्तर्गत बुधवार सम्पन्न दुईवटा खेलमा पोखरिया नगरपालिका र बहुदरमाई नगरपालिका विजयी भएका छन् ।

पहिलो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको पोखरिया नपाले १३ ओभरमा सबै विकेट गुमाएर १४९ रन बनाएको थियो । प्रतिउत्तरमा १५० रनको लक्ष्य पाएको जगरनाथपुर गापा १३ ओभरमा सबै विकेट गुमाएर ६८ रनमा सीमित भयो । यस खेलको ‘म्यान अफ दी म्याच’ पोखरियाका मनीष दास घोषित भए । उनले २३ बलमा ४३ रन र चार ओभरमा नौ रन दिएर एक विकेट लिएका थिए ।

दोस्रो खेलमा टस जितेर सखुवाप्रसौनी (देउरवाना)ले फिल्डिङ गरेको थियो । ब्याटिङ गर्दै बहुदरमाई नपाले निर्धारित १६ ओभरको खेलमा आठ विकेट गुमाएर १०८ रन बनाएको थियो । १०९ रनको विजयी लक्ष्य पाएको सखुवाप्रसौनी (देउरवाना) १२ ओभरमा सबै विकेट गुमाएर ४२ रनमा सीमित भयो । यस खेलको ‘म्यान अफ दी म्याच’ बहुदरमाईका तेज महतो घोषित भए । उनले तीन ओभरमा दुई रन दिएर तीन विकेट लिए भने १८ बलमा १० रन बनाएका थिए ।

भोलि एउटा मात्र खेल हुने आयोजक कमिटीले जनाएको छ । भोलि बिहीवारको खेल पर्सागढी नपा र कालिकामाई गापाबीच हुने सखुवाप्रसौनी युवा क्लबका सचिव सरोज पटेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here