लामो समयदेखि देशले शान्तिको अनुभव गरिरहेको थियो । तमाम किसिमका आन्दोलन, विरोध, हडतालहरूले विश्राम पाएका थिए । तर यसै बेला रौतहटको एउटा घटनालाई लिएर वीरगंज रन्कन पुग्यो । झन्डै ठूलो जातीय दङ्गाको आशङ्का तीव्र बन्न पुगेको थियो । तर प्रशासनले बेलैमा त्वरित कारबाई गर्दै कप्mर्यु लगायो । यसबाट आक्रोशले उम्लने अवसर पाएन । तत्कालै सर्वदलीय बैठक बोलाएर वर्तमान परिस्थितिमा बहस–छलफल भयो, यसबाट धमिलो पानीमा माछा मार्ने हामीकहाँको राजनीतिक प्रवृत्तिमा रोक लाग्यो । यद्यपि यो बहस–छलफल सर्वपक्ष्Fीय हुन सकेको भए अझ राम्रो हुने थियो । जो होस् आजसम्मको अवस्थालाई पूर्णतः नियन्त्रणमा रहेको मान्न सकिन्छ । र यसका लागि प्रशासनलाई जस दिनैपर्छ । तर कप्mर्युले मात्र अवस्था नियन्त्रणमा आएको मानेर कप्mर्यु लम्ब्याउँदै जाने हो भने अर्कोथरी आक्रोश जन्मन बेर लाग्दैन । किनकि अहिले नेपाली जनमानसमा एउट कुण्ठा जमिरहेको छ । देश भ्रष्टाचारको आहालमा डुबेको छ । यसबाट जोकोही उत्पीडित छ । तर भ्रष्टाचारविरूद्ध उद्वेलित हुन किन सकिरहेको छैन, परिस्थितिजन्य बाध्यता जनता पनि भ्रष्टाचारमा लाग्न विवश छ । त्यस कुण्ठाले जुन निहुमा पनि जनता तात्न तम्तयार भएर बसेको छ ।
निकै हास्यास्पद कुरा छ । रौतहटमा सरस्वतीको मूर्ति सेलाउन जाने क्रममा बाटोमा पर्ने कुनै मुसलमानबहुल टोलमा झडप भयो । कुरा स्थानीय मानसिकतासँग सम्बन्धित थियो । धेरै ठूलो पनि थिएन । त्यसको एक सातापछि वीरगंजमा, त्यो पनि देशले प्रजातन्त्र दिवस मनाइरहेको बेला, रौतहटको एउटा गाउँका विद्यार्थीहरूको गतिविधिबाट वीरगंजको सभ्य समाज किन उद्वेलित हुनुपरेको होला ? कच्चा अनुभवका विद्यार्थीहरू यसै पनि उद्दण्ड, जुझारू हुन्छन् । कुन पक्ष्Fको दोष थियो त्यसको छिनोफानो त्यहीं भइरहेको थियो । तर निर्देशित मानसिकताका साथ वीरगंजमा विरोध प्रदर्शन हुनु, विरोध प्रदर्शनले दङ्गाको अनुभूति दिंदै तोडफोड गर्नु एक्कासि भएको प्रतिक्रिया मान्न सकिंदैन । यसको पछाडि एकथरीको कुत्सित लक्ष्य र अर्कोथरीको आक्रोश जिम्मेवार देखिन्छ । देशमा अहिले अव्यक्त किसिमको राजनीतिक असन्तोष देखिन थालेको छ । पुरानो राज्यशक्ति सलबलाउन थालेको छ, नयाँ गणतन्त्रवादी धार आप्mनै चालाले शिथिल बन्दै जान थालेको छ ।
पुरानो शासन व्यवस्थामा व्यक्तिमा सीमित भ्रष्टाचार अहिले संस्थागत भइसकेको छ । सङ्घीय सरकारदेखि प्रादेशिक सरकार र स्थानीय सरकारमा भ्रष्टाचारको रेलोपेलो छ । कानून नबनेको मात्र हो, अहिले भ्रष्टाचार यति ग्राह्य भइसकेको छ कि संसद्बाट भ्रष्टाचारसम्मत कानून पास भयो भने पनि आश्चर्य मान्ने कुरा छैन । दलीय सहमतिमा हुने नियुक्ति, अख्तियार दुरुपयोग निकायप्रतिको भयविहीन अवस्थाले त्यही बताइरहेको छ । अन्यथा दिनदिनै भ्रष्टाचार अभियोग लागेको खबर आइरहँदा पनि निर्धक्क भ्रष्टाचार हुनु कसरी सम्भव थियो ? यो भ्रष्टाचारले अघोषित मान्यता पाएर मात्र सम्भव हुन सकेको हो । त्यो रन्कोलाई भ्रष्टाचारविरुद्ध आन्दोलन भन्न नसकेर जुन पनि निहुँ पाइन्छ, सरकारविरुद्ध जाइलाग्ने मानसिकता हुर्कन पुगेको देखिन्छ । होइन भने उर्दूको एउटा–मर्ज लगी मियाँ मिर्जाको, परहेज में परवीना उक्ति जस्तै वीरगंज तात्नुपर्ने कारण केही थिएन । जे होस् देश र समाजको कल्याणका लागि, जे हुनु भयो, अब शान्तिपूर्ण समाधानमा नै सबैको हित निहित छ भनी बुझ्नु जरूरी छ ।