प्रमोद यादव, पंचगावाँ, ८ फागुन/
पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं ५ का अध्यक्ष विपिन मुखियाले वडाका विपन्न एक परिवारलाई विवाह खर्चको लागि खाद्य सामग्री सहयोग गरेका छन् ।

वडा नं ५ का रामचन्द्र माझी मुसहरको आर्थिक अवस्था अत्यन्त कमजोर रहेकोले उनको छोराको विवाह खर्चको लागि वडा कार्यालयमा खाद्य सामग्री सहयोग गरिएको हो । वडाध्यक्ष मुखियाले माझीलाई चिउरा ३० किलो, चामल ५० किलो, आलु ५० किलो, प्याज ३० किलो, खानेतेल १५ लिटर, नून पाँच किलो र दाल १५ किलो सहयोग गरेका छन् ।

आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकोले जनप्रतिनिधिको नाताले सहयोग गर्नुपर्ने दायित्व बुझेर सहयोग गरेको वडाध्यक्ष मुखियाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here