प्रस, जनकपुरधाम, ८ फागुन/
नवमिथिला फाउन्डेशनले मङ्गलवार पत्रकार सम्मेलन गरी जनकपुरधाममा फागुन १० गतेदेखि तीन दिवसीय साहित्य महोत्सव हुने जनाएको छ ।

राममन्दिरको प्राङ्गणमा फागुन १० देखि १२ गतेसम्म चल्ने साहित्य महोत्सवमा समाज, भाषा, संस्कृति, साहित्य, राजनीतिलगायतका विषयमा छलफल हुने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा विभिन्न विषयमा १४ वटा समूह छलफल र चारवटा प्रवचन समेटिने जनाइएको छ ।

फाउन्डेशनका अध्यक्ष अमित साहले चाहियो रङ्गशाला, किताब उपर समीक्षा, कसरी हुन्छ निर्णय ?, नवउद्यमी र उद्यमशीलता, स्वस्थ मधेस, सम्पदा, संस्कार र साहित्य, शिक्षाको नयाँ आवश्यकता र परिभाषा, मधेसको श्रम यात्रा, बोल्ने स्वतन्त्रता, ‘सांस्कृतिक सम्बन्धको डोरी, मौन चित्कार र सङ्घीयताको गलत अभ्यास वा कमजोर परिकल्पना’ जस्ता १४ वटा शीर्षकमा विमर्श हुने बताए ।

उनले तीन दिनसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको साङ्गीतिक कार्यक्रम हुने बताए । विगत पाँच वर्षदेखि फाउन्डेशनले जनकपुरमा साहित्य महोत्सव गर्दै आएको उनले बताए ।

महोत्सवमा किताबको लोकार्पण, स्थानीय, राष्ट्रिय/अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुति, विद्यार्थी, राजनीतिज्ञ, कलाकार, साहित्यप्रेमीहरूको उपस्थिति रहने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here