रौतहट जिल्लाको ईशनाथ नगरपालिका–६ र ७ को घिउरामा फागुन ३ गते सरस्वतीपूजाको मूर्ति सेलाउन जाने क्रममा भएको दुई पक्षीय विवादले अहिले पर्सा र महोत्तरी जिल्लासमेत प्रभावित बनेका छन् । मूर्ति सेलाउने क्रममा घिउरास्थित ढुङ्गामुढा गरिएको र त्यसपछि दुई समुदायबीच भिडन्त भएको थियो । यो घटनाले उग्ररूप धारण नगरोस् भनेर जिल्ला प्रशासन कार्यालय, रौतहटले फागुन ४ र ५ गते सर्वदलीय, सर्वपक्षीय बैठक गरेर विवाद साम्य पार्ने प्रयास गरेको थियो । तर दुवै पक्षबीच सहमति बन्न नसक्दा घटनाको दुई दिनपछि दुईवटा वडामा कफ्र्यू आदेश जारी गर्नुपरेको थियो । कफ्र्यू आदेशपछि मूर्ति सेलाउन कार्य पनि रोकियो । सो विवाद अन्य वडाहरूमा पनि सर्दै गयो । जिप्रकाले शनिवार साँझदेखि लगाएको कफ्र्यू आदेश हटाउनुको साटो थप चारवटा वडामा बढाउनुप-यो । प्रशासनको सूचना अनुसार कफ्र्यू आदेश जारी भएपछि वडा नं ६ र ७ को विवाद वडा नं २, ३, ४ र ५ मा फैलन पुग्यो र ती वडाहरूमा छलफल, भेलाहरू बढे । अन्य वडाका गतिविधि बढेर थप विवाद सिर्जना नहोस्
भनेर प्रशासनले ती वडाहरूमा पनि आइतवारदेखि कफ्र्यू लगाउनुप-यो ।
स्थानीय प्रशासनले सबैको पहलमा फागुन ७ गते सोमवार मूर्ति सेलायो । सुरक्षाकर्मीहरूको बाक्लो सहभागितामा प्रशासनले सोमवार घिउरामा मूर्ति सेलाए पनि विवादलाई भने साम्य पार्न सकेको छैन । घटना घटेको बखत फागुन ३ गते दुवैतर्फका केही मानिसहरू घाइते भएका थिए । घाइते भएकाहरूले यसबारेमा उजूरी दिएका छन् तर उजूरी दर्ता भने भइसकेको छैन । घाइते पक्षले उजूरी दर्ताको लागि दबाब दिइरहेको छ भने जसविरुद्ध उजूरी परेको छ, सो पक्षले पनि उजूरी दर्ता नगर्न दबाब बनाएको छ । दुवै पक्षको अडानका कारण विवादको निदान सर्वपक्षीय भेलाले पनि गर्न सकेको छैन । घिउराको विवाद सल्केर अहिले महोत्तरीको सम्सी र पर्साको वीरगंज महानगरमा आइपुगेको छ । वीरगंजमा हिन्दूवादीहरूले विरोध प्रदर्शन गर्नुका साथै फागुन ७ गते बजार बन्द गरे । बजार बन्दको क्रममा उनीहरूले प्रदर्शन पनि गरे, जसमा अनावश्यक नाराहरू लगाइएका थिए । अहिलेसम्म महानगरमा हुने प्रदर्शनमा घण्टाघरबाट निकालिने सबैथरीका -याली, जुलूसहरू आदर्शनगरचोक अथवा अलखियामठ र बढीमा बिर्ता मन्दिरचोक भएर फर्किने गथ्र्यो ।
तर सोमवारको जुलूस सो सीमा पनि पार गरेर अगाडि बढ्यो । परिस्थिति बेकाबु नहोस् भनेर सशस्त्र र जनपद प्रहरी शहरका चोकचोकमा तैनाथ थिए । बिर्तामा वडा प्रहरी कार्यालय पनि छ, सोभन्दा अगाडि जुलूस जान नदिएको भए नारायणी अस्पतालनजीकको औषधिपसललाई लक्षित गरी आक्रमण हुँदैन थियो र अर्काे पक्ष आवेशमा आएर थप उपद्रो गर्दैनथियो । उक्साउने र सद्भाव भाड्ने कार्यमा जोसुकैको संलग्नता सह्य हुनुुहुँदैन र प्रशासनले पनि यही कार्य गर्न नसकेको परिणाम वीरगंज थप तनावग्रस्त बन्यो । शान्तिपूर्ण तरीकाले विरोध प्रदर्शन गर्ने अधिकार संविधानले दिएको छ । तर यसको बर्खिलाप गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ भन्ने सन्देश दिन सकेको खण्डमा आगामी दिनमा यस प्रकारका उच्छृङ्खल घटना दोहोरिन सक्दैन ।