प्रस, पोखरिया, ६ फागुन/
पोखरिया नगरपालिकाले चालू आवमा आन्तरिक राजस्व सङ्कलन लक्ष्य सातौं महीनामैं पूरा गरेको छ ।
पोखरिया नपाले चालू आव २०८०/८१ मा आन्तरिक कर ४५ लाख रुपैयाँ सङ्कलन लक्ष्य लिएको थियो । यो लक्ष्यमध्ये चालू आवको सातौं महीनामा ४२ लाख सङ्कलन भइसकेको निमित्त प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तवले बताए ।
उनले पोखरिया नपाले बहालकर, बजारकर, नक्शापास दस्तुरलगायतका शीर्षकमा चालू आवको सातौं महीनामा ४२ लाख सङ्कलन गरेको जानकारी गराएका छन् । उनले एक वर्षमा सङ्कलन हुने लक्ष्य राखिएको ४५ लाख फागुन महीनामैं पूरा हुने दाबी गरे ।