प्रस, रौतहट, ६ फागुन/
जिल्ला प्रशासन कार्यालय, रौतहटले शनिवार साँझ ५ बजेदेखि इशनाथ नगरपालिकाकाका दुईवटा वडामा लगाएको अनिश्चितकालीन कर्फ्यूलाई आइतवार क्षेत्र विस्तार गर्दै थप चारवटा वडामा कर्फ्यू आदेश जारी गरेको छ ।
हिजो साँझदेखि जिल्ला प्रशासनले वडा नं ६ र ७ का विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरेको थियो । आज थप वडा नं २ देखि ५ सम्म चारवटा वडामा अनिश्चितकालीन कर्फ्यू जारी गरेको सो कार्यालयले जनाएको छ ।
बन्जरहा मोड, हनुमान मन्दिर, सानो घिउरा गाउँ, रामपुरखापदेखि जमिल अख्तरको बोर्डिङ स्कूलसम्म, औरैयादेखि जयनगरसम्म स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को १ (क) र (ख) र दफा ६ को २ र ३ बमोजिम आवतजावत, भेला, हिंड्डुल, जुलूस, घेराउ, -याली आदिमा प्रतिबन्ध लगाएको छ ।
जारी कर्फ्यू आदेश उल्लङ्घन गर्नेलाई कानूनबमोजिम कारबाई हुने प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले बताएका छन् । इशनाथ नगरपालिकामा फागुन ३ गते सरस्वतीपूजाको मूर्ति सेलाउने क्रममा घिउरा गाउँमा दुई पक्षबीच झडप भएको थियो । झडपमा दुवै पक्षका मानिसहरू घाइते भएका र त्यसपछि अवस्था तनावपूर्ण बनेको थियो । परिस्थितिलाई साम्य गर्न शनिवार सर्वपक्षीय बैठक डाके पनि त्यसमा सहमति नभएपछि थप उपद्रव मच्चिने आशङ्काले जिल्ला प्रशासन कार्यालय, रौतहटले दुईवटा वडामा कप्mर्यू आदेश जारी गरेको थियो ।
दुईवटा वडामा कप्mर्यू जारी भएपछि स्थानीयले अन्यत्र वडामा यससम्बन्धी गतिविधिलाई बढावा दिएका कारण प्रशासनले आसपासका थप चारवटा वडामा कप्mर्यू आदेश जारी गरेको हो । वडा नं ६ र ७ को विवाद साम्य भएको छैन र अहिले त्यहाँ सरस्वतीपूजाको मूर्ति सेलाउने कार्य भएको छैन ।