प्रस, वीरगंज, ५ फागुन/
पोखरिया नगरपालिकाका प्रमुख प्रद्युम्न चौहानले सत्यतथ्यमा आधारित र आचारसंहिताको पालना गर्दै समाचार प्रकाशन गर्न पत्रकारहरूलाई आग्रह गरेका छन्।
पोखरिया नपाको सहयोगमा नेपाल पत्रकार महासङ्घ, पर्साको आयोजनामा गत माघ १९–२१ गते चितवनको सौराहामा आयोजित पत्रकार स्तरवृद्धि तालीमका सहभागीहरूलाई प्रमाणपत्र वितरण कार्यक्रममा शनिवार वीरगंजमा आयोजित कार्यक्रममा उनले पोखरिया नगरपालिकाका समाचारहरूले प्राथमिकता पाऊन्, सत्यतथ्य समाचारहरू जनताले पढ्न, सुन्न र हेर्न पाऊन् भन्ने उद्देश्यले नपाले पत्रकार स्तरवृद्धि तालीम आयोजना गरेको बताए।
तालीममा सहभागी ३० जना पत्रकारलाई नगरप्रमुख चौहान, उपप्रमुख रूबी ठाकुर र निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तवले प्रमाणपत्र वितरण गरेका थिए। कार्यक्रम नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको थियो।