प्रस, सिम्रौनगढ, ५ फागुन/
सिम्रौनगढ नगरपालिकाकी उपप्रमुख नजमु शेहरको अध्यक्षतामा शनिवार नगरपालिकामा रहेका धार्मिकस्थलहरूको संरक्षणबारे भेला सम्पन्न भएको छ।
सिम्रौनगढका धार्मिकस्थल सौन्दर्यीकरण, मन्दिरको लागि पुजारी व्यवस्थापन, बजार व्यवस्थापन, ऐतिहासिक र पुरातात्र्विक धरोहरहरूको संरक्षणबारेमा भेलामा छलफल भएको थियो।
भेलाले संरक्षणका लागि २१ सदस्यीय कङ्काली ट्रस्ट गठन गरेको छ।
राजेश पण्डितको अध्यक्षतामा गठित ट्रस्टमा उपाध्यक्ष मदनप्रसाद गुप्ता, सचिव रामेश्वर मेहता, कोषाध्यक्ष गायत्रीदेवी नुनियाइनलगायतका सदस्यहरू छन्।