प्रस, वीरगंज, २५ माघ/
वीरगंज महानगरपालिका–१५ वडा कार्यालयको सहयोगमा सरीता सीपकला केन्द्रले आयोजना गरेको महिलाहरूको लागि ४५ दिने सिलाइकटाइ तालीम बिहीवार समापन भएको छ ।
समापन कार्यक्रममा वडाध्यक्ष रमेश यादवले वडाका महिलाहरूको क्षमता अभिवृद्धि गराएर उनीहरूलाई रोजगार प्रदान गर्ने उद्देश्यले तालीम आयोजना गरिएको बताए । उनले तालीम लिएका महिलाहरूले सीप अनुसारको रोजगार गर्ने हो भने आयआर्जनमा टेवा पुग्ने र यस्ता कार्यमा संलग्न महिलाहरूलाई वडापालिकाले सहयोग गर्ने बताए । सरीता सीपकला केन्द्रकी अध्यक्ष सरीता गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा वडासचिव वीरेन्द्र साह, वडा सदस्य राजेश्वरी देवी, इन्द्रादेवी सोनारी, रामानन्दप्रसाद कुर्मी, प्रशिक्षक सविता शर्मा, तुलसी शर्मालगायतको सहभागिता थियो ।