प्रस, वीरगंज, २५ माघ/
जिल्ला प्रहरी कार्यालय, बाराले नेपाली नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको छ ।

जिप्रका, बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले इलाका प्रहरी कार्यालय, जीतपुरले जीतपुरसिमरा उपमहानगरपालिका–७ बजार क्षेत्रबाट एकजनालाई नक्कली नोटसहित पक्राउ गरेको र सोही कार्यमा संलग्न थप चारजना गरी पाँचजनालाई पक्राउ गरिएको बताए ।

प्रवक्ता न्यौपानेले सर्लाहीको चन्द्रनगर गाउँपालिका–३ का ४४ वर्षीय रामचन्द्र महतो कोइरीलाई ६१ थान नेपाली नक्कली नोटसहित पक्राउ गरेको र सोही घटनामा संलग्न परवानीपुर–५ बाराका सुमित साह, सन्तोष पटेल तथा वीरगंज महानगरपालिका–१० निवासी विशाल श्रीवास्तव र नीरज श्रीवास्तवलाई पक्राउ गरिएको बताए । उनले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here