प्रस, निजगढ, २३ माघ/
निजगढ नगरपालिका–२ सिंगौल वन क्षेत्रको जमीन किनबेचको थप प्रमाणित तथ्य खुुलेको छ । उक्त वनको जमीन बिक्री गर्ने साबिक भरतगंज सिंगौल वडा नं ६ हाल निजगढ नगरपालिका वडा नं २ मा बस्ने सुशील थापा र किन्ने रौतहट चन्द्रपुुर नगरपालिका–६ की गङ्गामाया राउतले २०७५ वैशाख १३ गते दुई लाख ९० हजारमा एक कट्ठा जमीन किनबेच गरेको लिखत प्राप्त भएको केही दिन नबित्दै सोही वन क्षेत्रको २० कट्ठा जमीन किनबेच भएको अर्को तथ्य खुुलेको हो ।

साबिक भरतगंज सिंगौल–८ हाल निजगढ नगरपालिका–३ स्थित साबिक सरस्वती निम्न माध्यमिक विद्यालय हाल सरस्वती आधारभूत विद्यालयले चार कोठे पक्की भवन निर्माणको लागि रकम अपुग भएको बहानामा विद्यालयले खनजोत गरी बाली लगाउँदै आएको वन क्षेत्रको एक बिघा जमीन विद्यालय व्यवस्थापन समितिले बिक्री गरेको पछिल्लोपटक प्राप्त लिखतबाट पुष्टि हुुन आएको छ ।

पूर्वमा साबिकको लोकप्रिय प्रावि, पश्चिम बाटो, उत्तर छेधोर्जे सिङ्तान र दक्षिण बाटो उल्लिखित चौहदीभित्रको करीब एक बिघा जमीन विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत रहेका साबिक भरतगंज सिंगौल वडा नं ६ निवासी हाल निजगढ नगरपालिका वडा नं २ का पदमबहादुर भुजेलले एक बिघा जमीन पाँच लाखमा किनेका हुन् । विद्यालय व्यवस्थापन समितिले २०६६ भदौ २९ गते बैठकबाट निर्णय गरी चलनचल्तीको भाउमा प्रतिकट्ठा २५ हजारको दरले २० कट्ठा वन क्षेत्रको जमीन २०६६ फागुन मसान्तभित्र बाँकी रकम भुजेलले चुक्ता नगरे बैना पच हुने र बैनाको दोब्बर रकम तिर्नुपर्ने शर्तसहितको कागजात बनाइ ५० हजार रुपियाँ बैना लिई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर दर्लामीको साक्षीमा उक्त जमीन किनबेच भएको प्राप्त लिखतबाट देखिएको छ । सो वनको जमीन किन्ने भुजेल निजगढ नगरपालिका २ का पूूर्व वडा सदस्य हुुन् ।

तत्कालीन विद्यालय व्यवस्थापन समितिका ११ जना सदस्यले यस बिक्री लिखतमा हस्ताक्षर गरेका छन । जमीन बिक्रीसम्बन्धी सोधखोज गर्दा कुनै जानकारी नदिने तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर दर्लामीले त्यस बेला सोधखोज गर्ने अभिभावकहरूलाई १० कट्ठा जमीन बिक्री गरेको बताएका थिए ।

वन क्षेत्रको एक बिघा जमीन किनबेच साक्षीमा विव्यसका तत्कालीन अध्यक्ष दर्लामी, सदस्यहरू कुुलबहादुर दर्लामी, नौमान भोलन, गर्जमान आले, भोेजबहादुर डासेली, श्रीमती शशी कटवाली, नरबहादुर विश्वकर्मा, श्रीमती लक्ष्मीमाया अस्थानी, शिक्षक प्रतिनिधि अर्जुनबहादुर विष्ट, कमलबहादुुर ठाडा, लेखनदास राजाराम अधिकारी रहेका छन् ।

वन क्षेत्रको जमीन अतिक्रमण, आबादीमा संलग्न रहेको आरोपमा बारा जिल्ला अदालतले २०८० भदौ १५ गते २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसयता अनुसन्धानको क्रममा वन क्षेत्रको जमीन किनबेचमा साक्षी बसेका ३६ जनाभन्दा बढी दोषी देखिएपछि डिभिजन वन कार्यालय, बाराले उनीहरूविरुद्ध मुुद्दा गर्न कागजात तयारी गरी मङ्गलवार सरकारी वकीलको कार्यालय, बारामा बुुझाएको छ । घटनाको अध्ययन, अनुुसन्धान गरी प्राप्त प्रमाणको आधारमा वन कार्यालयको तर्फबाट मिसिल तयार गरी बुुझाइसकेको डिवका, बाराका प्रवक्ता जवाहरलालप्रसाद कुुर्मीले बताए ।

वन क्षेत्र अतिक्रमण गरी बसाइएका ११ घरधुरीका अधिकांश पुरुष अभिभावक र उमेर पुगेकाहरू पक्राउ पर्ने डरले घर छाडेका छन् । यस घटनामा राज्यका निकायले फरार आरोपितहरूलाई पक्राउ गरी अनुसन्धान गर्ने हो भने वन क्षेत्रको जमीन किनबेचमा थप व्यक्तिहरू संलग्न हुन सक्ने बताइएको छ ।

एकै गाउँका र कतिपय एउटै राजनीतिक दलका स्थानीय नेता, कार्यकर्ता, समर्थकहरूलाई वन मुुद्दा लागेपछि स्थानीय तहदेखि केन्द्रीयस्तरका नेताहरूले समेत घटनालाई मिलाउन र मुद्दालाई कमजोर बनाउन सक्रियता देखाएको स्रोतले जनाएको छ ।

सामुुदायिक वन समूहको वन क्षेत्र आबादी गराएको आरोपमा २०७३ असार २० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजूरी परेको थियो । अख्तियारले २०७७ असार ११ गते र सतर्कता केन्द्रले २०७९ पुुस २१ गते आवश्यक कारबाई अघि बढाउन डिवका, बारालाई पत्राचार गरेको थियो ।

वन अतिक्रमणविरुद्ध पक्राउ पुर्जी जारी भएको चार महीनापछि निजगढ नगरपालिका–२ सिंगौलस्थित वनदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सिद्धबहादुुर थापालाई गत पुुस २८ गते पक्राउ गरी डिवका, बाराको हिरासतमा राखी अनुसन्धान भइरहेको छ । वन मुुद्दा लागेका पूर्ववडाध्यक्ष, विद्यालयका प्रअसहित अन्य व्यक्तिहरूले गाउँ छाडेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here