निश्शुल्क आँखा र दाँत शिविर

प्रस, वीरगंज, १३ माघ/ परवानीपुर गाउँपालिका–५, बहुअरी, बारामा डाक्टर्स क्लबको सहयोग, सानो दीपको आयोजना तथा वीरगंज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा निश्शुल्क आँखा तथा दन्त शिविर सम्पन्न भएको छ । शिविरको उद्घाटन नेपाली काङ्ग्रेस बारा क्षेत्र नं ४ का सभापति लुकेश सिंहले गरेका थिए । उनले आँखा र दाँतको नियमित चेकजाँच गराउन सुझाए । स्वास्थ […]

विचार उत्पादनबारे प्रशिक्षण

प्रस, वीरगंज, १३ माघ/ वीरगंज पब्लिक कलेजको आयोजनामा शुक्रवार वीरगंजमा सो कलेजका विद्यार्थीहरूलाई विचार उत्पादनबारेमा जानकारी गराइएको थियो । विद्यार्थीहरूलाई ग्लोबल आइएमई बैंकका प्रबन्धक सुरेन्द्र चालिसेले उत्कृष्ट विचारहरू कसरी सोच्ने र त्यसको लागि कसरी काम गर्नेबारेमा प्रशिक्षण दिएका थिए । उनले सो अवसरमा विश्वमा सफल विभिन्न व्यक्तित्वहरूको बारेमा सहभागी विद्यार्थीहरूलाई जानकारी गराएका थिए । मधेस […]

सङ्गठनका पदाधिकारीहरूलाई शपथ

प्रस, वीरगंज, १३ माघ/ समाजवादी प्रेस सङ्गठन नेपाल पर्साका नवनिर्वाचित पदाधिकारी सदस्यहरूलाई शनिवार केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदीले शपथ गराएका छन् । शम्भुकुमार सुमनको अध्यक्षतामा बनेको १७ सदस्यीय नयाँ कार्यसमितिका पदाधिकारी सदस्यहरूलाई उनले शपथ गराएका हुन् । कार्यक्रममा उनले अर्को नयाँ कार्यसमिति घोषणा गरिएकोमा सोलाई अवैध घोषणा गर्दै कारबाही गरिएको बताए ।

ज्येष्ठ नागरिकको मृत्यु

प्रस, बिरुवागुठी, १३ माघ/ पर्सागढी नगरपालिका–३ झाब्राहा निवासी एकजना ज्येष्ठ नागरिकको शुक्रवार रूखबाट खसेर मृत्यु भएको छ । पर्सागढी नगरपालिका–३ झाब्राहा निवासी ७२ वर्षीय बाबुराम पाख्रिनको रूखबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो मध्याह्न चौपायाका लागि राष्ट्रिय वनको रूखमा चढेर पात काट्ने क्रममा रूखबाट खसेर घाइते भएकामा नेशनल मेडिकल कलेजमा उपचारको क्रममा साँझ […]

एनआई कप आयोजकले जित्यो

प्रस, वीरगंज, १३ माघ/ नारायणी क्रिकेट मैदानमा जारी नेशनल इन्फोटेक (एनआई) क्रिकेट कपको उपाधि आयोजक नेशनल इन्फोटेक कलेजले जितेको छ । शनिवार भएको फाइनल खेलमा ग्लोबल बिजनेश कलेजलाई ६१ रनअन्तरले पराजित गर्दै नेशनल इन्फोटेक (एनआई) क्रिकेट कपको दोस्रो संस्करण आयोजक नेशनल इन्फोटेक कलेजले जित्न सफल भएको हो । टस जितेर ब्याटिङ गरेको एनआईले निर्धारित २० […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।