प्रस, बिरुवागुठी, १३ माघ/
पर्सागढी नगरपालिका–३ झाब्राहा निवासी एकजना ज्येष्ठ नागरिकको शुक्रवार रूखबाट खसेर मृत्यु भएको छ ।

पर्सागढी नगरपालिका–३ झाब्राहा निवासी ७२ वर्षीय बाबुराम पाख्रिनको रूखबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो मध्याह्न चौपायाका लागि राष्ट्रिय वनको रूखमा चढेर पात काट्ने क्रममा रूखबाट खसेर घाइते भएकामा नेशनल मेडिकल कलेजमा उपचारको क्रममा साँझ सवा सात बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here