राममन्दिर उद्घाटनलाई लिएर पर्सामा भव्य सजावट
प्रस, वीरगंज, ७ माघ/ भारतको अयोध्यामा सोमवार माघ ८ गते जनवरी २२ तारिखका दिन हुने राममन्दिर उद्घाटनलाई लिएर पर्सा जिल्लामा पनि धूमधामका साथ तयारी भएको छ । एक सातादेखि पर्सा जिल्लाका विभिन्न पालिकाहरूमा यसको तयारी भएको हो । अहिले वीरगंज महानगरपालिकाको घण्टाघरदेखि बिर्तासम्मको मेनरोडका पसल, घरहरूमा रामनामी झन्डा झुन्ड्याइएको छ । यसैगरी, घण्टाघरदेखि बिर्तासम्म मेनरोडका […]
२०८० माघ ०८ गते सोमवारको प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोला
पूर्वराजाद्वारा गहवामाई मन्दिरमा पूजा
प्रस, वीरगंज, ७ माघ/ पूर्वराजा ज्ञानेन्द्र शाहले आइतवार बिहान गहवामाई मन्दिरमा आएर पूजाअर्चना गरेका छन् । पुसको अन्तिम सातादेखि सिमरामा बसेका पूर्वराजा शाह आज पूर्वतयारीविना गहवामाई मन्दिरमा आएर सर्वसाधारणसरह दर्शन गरी पूजाअर्चना गरेका थिए । उनी आफ्नो निजी कारमा आएका र मुख्य सडकमा गाडी पार्किङ गरी मन्दिर दर्शन गर्न गएका थिए । पूर्वराजा शाह सर्वसाधारणसरह […]
नूर अहमदलाई झन्डा सिउन भ्याइनभ्याइ
वीरगंजको गहवा निवासी नूर महमदलाई आजभोलि रामनामी झन्डा सिउन व्यस्त छन् । विगत सात दिनदेखि उनलाई झन्डा सिउन भ्याइनभ्याइ भएको छ । महावीर मन्दिरनिर दश तले भवननजीकै फूटपाथमा लामो समयदेखि सिलाइ गर्दै आएका नूर महमद अहिले ‘जय श्रीराम’ लेखिएको झन्डा सिउन व्यस्त छन् । मानिसहरू घरपसल, होटल तथा सवारीसाधनहरूमा रामनामी झन्डा लगाउन उनको पसलमा आउने […]
मोटरसाइकल दुर्घटनामा दुईजना युवकको मृत्यु
प्रस, वीरगंज, ७ माघ/ मोटरसाइकल दुर्घटनामा आइतवार बिहान दुईजना युवकको घटनास्थलमैं मृत्यु भएको छ । वीरगंज–१५ भिस्वास्थित जिल्ला आयुर्वेद अस्पतालनजीकैको सडकमा प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा नेशनल मेडिकल कलेज, वीरगंजमा अध्यनरत बारा, हर्दिया निवासी २३ वर्षीय सन्दीप यादव र धनुषाको सबैला निवासी २३ वर्षीय सुमीत यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साका […]
धार्मिकस्थलमा सरसफाइ, पूजापाठ शुरू
प्रस, रौतहट, ७ माघ/ रौतहटका विभिन्न मन्दिरहरूमा पूजापाठ तथा सरसफाइ आइतवारदेखि शुरू भएको छ । माघ ८ गते सोमवार मित्रराष्ट्र भारतको अयोध्यामा नवनिर्मित राममन्दिरको प्राणप्रतिष्ठा हुने भएकोले रौतहटका विभिन्न धार्मिकस्थलहरूमा सरसफाइका साथै आजदेखि पूजापाठ शुरू भएको छ । गौर नगरपालिका–५ स्थित श्रीराम मन्दिरको कलशयात्रा आज निस्केको छ भने नगरका विभिन्न मन्दिरहरूबाट पनि कलशयात्रा निकालिएको थियो […]
सशस्त्र प्रहरी दिवसको अवसरमा रक्तदान
प्रस, वीरगंज, ७ माघ/ २३औं सशस्त्र प्रहरी दिवसको अवसरमा आइतवार सशस्त्र प्रहरी बल नेपाल १३ नं गण हेडक्वार्टर वीरगंजले आयोजना गरेको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् । रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले आज सम्पन्न रक्तदान कार्यक्रममा सङ्गम श्रेष्ठ, दीपेन्द्रबहादुर मल्ल, अरुण विक्रम बस्नेत, सन्तोष न्यौपाने, सञ्जीवकुमार यादव, मनोज कुम्हाल, सोमबहादुर दमाई, […]
सोमवार सीतारामको झाँकी, महायज्ञ र दीप प्रज्वलन कार्यक्रम
नितेश कर्ण, वीरगंज, ७ माघ/ हिन्दू परिषद् नेपालले आइतवार नेपाल पत्रकार महासङ्घ, पर्सामा पत्रकार सम्मेलन गरी सोमवार वीरगंजमा झाँकी प्रदर्शन गर्ने जनाएको छ । हिन्दू परिषद् नेपालका अध्यक्ष बृजेश मल्लिकले सोमवार बिहान ८ बजे घण्टाघरबाट भगवान् रामसीताको विभिन्न झाँकीसहित नगरपरिक्रमा गर्ने बताए । उनले अयोध्याबाट आएको चिठीलाई वीरगंजको घरघरमा पु-याएको र माघ ८ गते साँझ […]
समाजवादी प्रेस सङ्गठनको अधिवेशन गर्ने निर्णय
प्रस, पर्सागढी, ७ माघ/ समाजवादी प्रेस सङ्गठन नेपाल, पर्सा कार्यसमितिको आइतवार बसेको बैठकले यही माघ १२ गते जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । सङ्गठनका सचिव अजय चौरसियाको अध्यक्षतामा बसेको बैठकले माघ १२ गते जिल्ला सम्मेलन गर्ने र सोको तयारीको लागि आसमहमद मियाँको संयोजकत्वमा आयोजक समिति गठन गरेको छ । बैठकमा पार्टी सचिवालय सदस्य राघव […]
गृहमन्त्रीद्वारा सर्लाही कारागारको उद्घाटन
नितेश कर्ण, वीरगंज, ७ माघ/ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्लाही जिल्ला कारागारको आइतवार उद्घाटन गरेका छन् । २०७२ सालमा शहरी विकास मन्त्रालय अन्तर्गतको सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनुषाले कारागार भवन निर्माणको कार्य प्रारम्भ गरेको थियो । आयोजनाले तीन चरणमा कारागार भवनको निर्माण कार्य सम्पन्न गरेको छ । पहिलो चरणमा चारवटा बुजी घर (सेन्ट्री पोस्ट) […]