प्रस, वीरगंज, २७ पुस/
वीरगंज महानगरपालिकाले मुस्लिम उत्थान समितिको सहकार्यमा पाँचवटा मस्जिदमा गिजर वितरण गरेको छ ।
शुक्रवार वीरगंज–२, ३, २८, २९ र ३१ स्थित मस्जिदमा एक–एक थान विद्युतीय गिजर मेशीन प्रदान गरिएको वीरगंज मुस्लिम उत्थान समितिका अध्यक्ष अब्बास मन्सुरीले बताए ।
नगरप्रमुख राजेशमान सिंहले पहिलो चरणमा पाँचवटा मस्जिदमा गिजर प्रदान गरिएको र अन्य वडामा रहेका मस्जिदलाई पनि गिजर उपलब्ध गराउने बताए । कार्यक्रममा वीरगंज मुस्लिम उत्थान समितिका सदस्यहरू खुशमहम्मद मियाँँ, अशरद कमाल, सलाउद्दीन मन्सुरी, जवाहर अंसारी, अफरोज आलमलगायतको सहभागिता थियो ।