प्रस, वीरगंज, २४ पुस/
नेशनल युनियन अफ द जर्नालिस्ट भारतका अध्यक्ष रास बिहारीले सीमावर्ती क्ष्Fेत्रका पत्रकारहरूको भेला गरी समस्या पहिचान गरेर दुवै देशका सम्बन्धित निकायमा पेश गरिने बताएका छन् ।

नेपाल भ्रमणमा आएका उनलाई नेपाल पत्रकार महासङ्घ, पर्साले मङ्गलवार स्वागतसहित बिदाइ कार्यक्रममा बोल्दै अध्यक्ष बिहारीले सीमावर्ती क्षेत्रका पत्रकारहरूको सम्बन्ध अझ बढी सुदृढ बनाउन र यहाँको समस्या पहिचान गरेर दुवै देशका सरकारलाई बुझाई समाधानतर्फ पहल गर्न आगामी महीना भेला आयोजना गरिने बताए ।

उनले नेपालका धार्मिक स्थलहरू पशुपतिनाथ, मनकामना, जानकी मन्दिरलगायत भ्रमणमा आएको र सोही क्रममा पर्सेली पत्रकारहरूसँग भेट गर्न पाउँदा खुशी भएको बताए ।

बिहारीसँगै युनियनका बिहार प्रदेश संयोजक अजित तिवारी, रक्सौल प्रखण्डका विपिन कुशवाहालाई नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारी, पूर्व केन्द्रीय सदस्य तथा नगरप्रमुखका प्रेस सल्लाहकार महेश दासले राष्ट्रिय झन्डा दिएर नेपाली टोपी तथा खाँदा लगाई वीरगंजमा स्वागत गर्नुका साथै यहाँबाट बिदाई गरेका थिए ।
कार्यक्रममा पर्सेली पत्रकारहरूको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here