प्रस, वीरगंज, २४ पुस/
औषधि व्यवस्था विभाग वीरगंज कार्यालयले वीरगंज महानगर–१६ नगवामा रहेको वैद्यनाथ आयुर्वेद कम्पनीको औषधि सञ्चय गरिएको गोदाममा सोमवार छापा मारी आज सामान नियन्त्रणमा लिएको छ ।
निमित्त प्रमुख मुकेन्द्र पञ्जियार नेतृत्वको टोलीले सोमवार वैद्यनाथ आयुर्वेद भवन, पटनाद्वारा उत्पादित १८० वटा कार्टुन रहेको गोदाममा छापा मारी हिमालयन सप्लायर्सका व्यवस्थापक महम्मद अतिक अनवरलाई नियन्त्रणमा लिएको सो कार्यालयका सूचना अधिकारी सर्पmराज अहमद खाँले बताए । उनले नेपालमा वैद्यनाथ आयुर्वेद कम्पनीको औषधि प्रतिबन्ध रहेको र सो बिक्री वितरण गरिएको पाइएकोले गोदाममा सिल गरी सप्लायर्सलाई नियन्त्रणमा लिएको बताए ।
उनले नियन्त्रणमा लिएका अनवरलाई २५ दिनको म्याद थप गर्न पर्सा जिल्ला अदालतमा मङ्गलवार उपस्थित गराइएको बताएका छन् ।