प्रस, रौतहट २४ पुस/
राजदेवी नगरपालिका–१ स्थित माध्यमिक विद्यालय पथराका तत्कालीन प्रधानाध्यापक लालबाबूराय यादवले रु ३१ लाख ३० हजार हिनामिना गरेको आरोप लगाउँदै मङ्गलवार अभिभावकहरूले जिल्ला प्रशासन कार्यालय, रौतहटमा उजूरी दिएका छन् ।

विद्यालयमा रहेका तीनवटा पोखरी ठेक्का लगाउँदा आव २०७३/०७४ मा २१ लाख पाँच हजार, आव २०७९/०८० मा पोखरीको ठेक्कामा पहिलो किस्तामा रु ६ लाख ७५ हजार र बोलकबोलको ५ प्रतिशतले हुने तीन लाख ५० हजार गरी रु ३१ लाख ३० हजार रकम २०८०/६/२९ गते चेक काटी हिनामिना गरेको आरोप छ ।

राजदेवी नपा–१ का सञ्जयकुमार यादव र शिवमङ्गलप्रसाद यादवले उजूरी दिंदै आर्थिक लाभमा २०७५/५/१ गते नौजना अयोग्य शिक्षकलाई नियुक्त गरेको आरोपसमेत लगाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here