प्रस, पोखरिया, २४ पुस/
नेपाल विद्युत् प्राधिकरण पोखरिया वितरण केन्द्रले विद्युत् चुहावट गरेको कसूरमा गएराति सातजनालाई नियन्त्रणमा लिएको छ ।
प्राधिकरणको विद्युत् चुहावट नियन्त्रण टोलीका इन्चार्ज सद्दाम हुसेन हवारीसहित सशस्त्र प्रहरी बलको टोलीले हिजो राति डाइरेक्ट हुकिङ गरेर विद्युत् चुहावट गरिरहेका सातजना मानिस र एउटा अटो नियन्त्रणमा लिएको थियो । विद्युत् चुहावटबाट अटो चार्जिङ गरिरहेको अवस्थामा फेला परेपछि अटोसमेतलाई नियन्त्रणमा लिएको चुहावट इन्चार्ज हवारीले बताए । पक्राउ परेका सातजनालाई आज एक लाख आठ हजार जरिवाना गरिएको र जरिवाना बुझाएर उनीहरू छुटेको बताइएको छ ।