प्रस, रौतहट, २२ पुस/
आम जनता पार्टीले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । भन्सार नियमावलीमा रहेको कमिशनसम्बन्धी व्यवस्था हटाउनुपर्ने माग गर्दै आजपाले तेस्रो चरणको आन्दोलन घोषणा गरेको हो ।
तेस्रो चरणको आन्दोलन अन्तर्गत पार्टीका अध्यक्ष प्रभु साहले पुस २७ गते राजस्व नीतिबारे अर्थविज्ञहरूसँग काठमाडौंमा अन्तत्र्रिmया गर्ने जनाइएको छ । पुस २५ देखि माघ १० गतेसम्म सीमाक्षेत्रका स्थानीयतहहरूमा भेला, अन्तत्र्रिmया तथा सङ्घर्ष समिति गठन गर्ने, माघ ६ गते भन्सार नीतिबारे राजनीतिक पार्टी तथा सांसदहरूसँग छलफल गर्ने, माघ ११ देखि १९ गते तराईका जिल्ला सदरमुकाममा सर्वपक्षीय भेला तथा मोटरसाइकल ¥याली गर्ने कार्यक्रम तय गरिएको छ ।
माघ १३ गते काठमाडौंमा मोटरसाइकल ¥याली र माघ २१ गतेदेखि अनिश्चितकालसम्म भन्सार विभाग तथा जिल्लाका भन्सार कार्यालयहरू घेराउ गर्ने कार्यक्रम रहेको अध्यक्ष साहले बताएका छन् ।
उनले भन्सार कानूनमा रहेको गलत प्रावधान नहटेसम्म आन्दोलन जारी रहने बताए । भन्सार नियमावलीमा रहेका पुरस्कारसम्बन्धी सम्पूर्ण प्रावधान हटाउनुपर्ने, देशको राजस्वसम्बन्धी सम्पूर्ण कानूनमा एकरूपता ल्याउनेलगायत मागसहित भदौ ३१ गते ज्ञापनपत्रबाट शुरू गरिएको पहिलो आन्दोलनमा जिल्लामा अन्तत्र्रिmया गर्ने, नियमावली जलाउने, जिल्ला भन्सार कार्यालयहरू घेराउ गर्ने तथा भन्सार विभागमा धर्ना र घेराउलगायत कार्यक्रम सम्पन्न गरिएको साहले बताए ।
मागबारे सरकारले कुनै सुनवाई नगरेको भन्दै आजपाले पुस १ गतेदेखि दोस्रो चरणको भन्सार विभाग घेराउ लगायतका सङ्घर्षका कार्यक्रम घोषणा गरेको थियो ।