प्रस, वीरगंज, २२ पुस/
प्रेस चौतारी नेपाल, पर्सा शाखाको बैठक सोमवार सम्पन्न गरी विभिन्न निर्णय गरेको छ ।

विशेष अधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारी सदस्यहरूको आज बसेको बैठकले धन्यवाद ज्ञापन, खाता सञ्चालन, कार्यालय सञ्चालनलगायत निर्णय गरेको सचिव राकेश साहले बताए । तीन वर्षे कार्यकाल रहेको समितिमा विवाद भएपछि पुस १३ गते विशेष अधिवेशन सम्पन्न भएको थियो । सो अधिवेशनले तुलसी भण्डारीको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो ।

विशेष अधिवेशनबाट निर्वाचित चौतारी, पर्साको पहिलो बैठक आज भएको हो । बैठकले पुस २८ गते वनभोज कार्यक्रम गर्ने र सोही दिन निर्वाचित पदाधिकारी, सदस्यहरूको प्रमाणपत्र वितरण गर्ने निर्णय गरिएको सचिव साहले जानकारी गराएका छन् ।

बैठकमा उपाध्यक्षद्वय राजेन्द्र सिंह र नीलम पन्त, सहसचिव धनञ्जय मिश्र, कृष्ण कुशवाहा, कोषाध्यक्ष सन्तोष पटेललगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here