सामाजिक सञ्जालहरूको बढ्दो प्रयोगसँगै यसमा विकृतिहरू मौलाउनुका साथै ठगी कार्य पनि शुरू भएको छ । सामाजिक सञ्जाल फेसबूक, इन्स्टाग्राम, म्यासेन्जर, ह्वाट्सअप आदिमा विकृतिहरू मौलाउने क्रम रोकिएको छैन, यसका साथै यी माध्यमबाट मानिस ठगिने क्रम पनि बढ्दो छ । नेपालमा डेढ दशकदेखि आममानिसको पहुँचमा सामाजिक सञ्जाल पुग्न शुरू भएको देखिन्छ । त्यस अघिका दिनमा केही प्रतिशत मानिसको पहुँचमा सामाजिक सञ्जाल थियो । वैदेशिक रोजगारमा गएका मानिसले आफन्तजनसँग यो माध्यमबाट पहुँच बनाउन शुरू गरेपछि नेपालको दूरदराज गाउँहरूमा पनि इन्टरनेट सेवा विस्तार भयो । शुरूमा शहर केन्द्रित इन्टरनेट सेवाहरू अहिले गाउँ–गाउँमा फैलिएका छन् । योसँगै यसका विकृतिहरूको पनि विस्तार भएको छ । शुरूका दिनमा मोबाइल सेवा विस्तार भएपछि देशविदेशबाट टेलिफोनको माध्यमले मानिसहरूलाई विभिन्न पुरस्कार परेको र सोबापत सिडमनि माग गरी ठगी गर्ने काम भएको थियो । हदैसम्मका लोभी र अशिक्षित मानिसहरू उनका जालमा फस्दै आएका थिए । हजार, लाख र करोडसम्म चिठ्ठा परेको छ सोको लागि शुरूमा यति रकम यो बैंकको खातामा दाखिला गर्नुहोस् र उपहार पाउनुहोस् भनेर लोभ्याउने कार्य हुन्थ्यो ।

लोभ र अशिक्षाका शिकार मानिसहरू आपूmभन्दा जानकारसँग सल्लाह नै नगरी फटाफट ठगहरूले बताए अनुसार बैंकको खातामा रकम बुझाउँथे अनि पुरस्कारको रकम आउने आसमा बस्थे । दिन, सप्ताह, महीना बित्दा पनि पुरस्कार रकम प्राप्त नभएपछि आपूm ठगिएको महसूस गर्थे । शुरूमा कसैले थाहै नपाऊन् भनेर पुरस्कारबारे गोपनीयता कायम राख्नेहरू ठगिएपछि हल्ला गर्थे । प्रहरीले यस प्रकारका पुरस्कारमा नपर्न र कसैले सूचित गरेको खण्डमा प्रहरीलाई खबर गर्न सुझाउनुका साथै धेरै घटनाका दोषीहरूलाई पक्राउ गरेर कानूनसम्मत सजाय पनि नगरेको होइन । टेलिफोनपछि यही ठगी घटना अहिले सामाजिक सञ्जालमार्फत शुरू भएको छ । विदेशी ठगहरू अहिले सक्रिय भएका छन् । शुरूमा साथी बन्ने अनि विदेशको बैंकमा तपाईंको नामसँग मेल खाने व्यक्तिको हजारौं, लाखौं डलर रहेको र निजको मृत्यु भएको तथा आपूm सो बैंकको कर्मचारी रहेकोले म्यानेजरलाई मिलाएर नाम मिलेको व्यक्तिको खाताबाट रकम झिक्ने प्रपञ्च मिलाएका र त्यसमा आप्mनो आधा हिस्सेदारी हुने अनि सो कार्यका लागि सिडमनि यति यो बैंकको खातामा दिनु भनेर प्रलोभनमा पार्ने काम पनि अहिले जोरशोरका साथ चलिरहेको छ । सामान्य बुझाइमा आपूmले पुरस्कार पाउने कुनै चिठ्ठालगायत कार्य नखेलेको अवस्थामा सीधा कसैले तपाईंलाई पुरस्कार प-यो भन्दा त्यस्तो जालमा कि सोझासाझा अनपढ फस्छन् अथवा पढेलेखेका लोभी ।

अहिले यी सबका अलावा सामाजिक सञ्जाल ह्याक गरेर उनीहरूको प्रोफाइल, पेजमा अश्लील तस्वीरहरू राखेर बदनाम गराउने तथा व्यक्ति, संस्था वा उनीहरूका आफन्तजनसँग रकम असुल गर्ने धन्दा फस्ट्याएको छ । पर्सा प्रहरीमा दैनिक सातवटा साइबर अपराधका घटना दर्ता भइरहेका छन् । पूरै देशमा कति घटना भएका होलान् अनुमान लगाउन सकिन्छ । तसर्थ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले जथाभावी एकाउन्ट, पासवर्ड प्रयोग बन्द गरी आप्mनो पासवर्डलाई तीन/तीन महीनामा परिवर्तन गर्ने तत्कालीन बचावटको उपाय हो र यसलाई अवलम्बन गरी सुरक्षित हुनु लाभदायक देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here