आजभोलिको समयमा अधिकांश व्यक्ति तनावग्रस्त छन् । बढ्दो तनावको कारण उनीहरूको मानसिक स्वास्थ्य पनि बिग्रँदै गइरहेको छ । तनाव, खराब दिनचर्या, सम्बन्ध र गलत खानपानको कारण मानसिक स्वास्थ्य निकै प्रभावित हुने गर्छ । साथै आजको समयमा मानिस ओभरथिङ्किड्ढो शिकार हुन थालेका छन् ।

ओभरथिङ्किङ अर्थात् कसैको बारेमा धेरै सोच्नु, लगातार त्यसबारे दिमागमा विचार आइरहनु । धेरैजसोलाई ओभरथिङ्किड्ढो कारण एन्जाइटी र तनावको पनि समस्या हुने गरेको छ । यस्तोमा जरूरी यो छ कि तपाईंले ओभरथिङ्किङलाई चाँडै नियन्त्रण गर्नुपर्छ ।

कुराकानी गरौं : सबैभन्दा बढी ओभरथिङ्किङ कुराकानी नगर्दा वा अन्यकोबारेमा गलत प्रकारले सोचविचार गर्दा हुने गर्छ । यस्तोमा जरूरी छ कि तपाईं आफ्नो विचार प्रकट गर्नुस् । यदि तपाईंलाई कसैको कुरा गलत लागिरहेको छ या बुझ्न सक्नुभइरहेको छैन भने तुरुन्तै सोध्नुहोस् साथै आप्mनो मित्र या परिवारसँग आप्mनो विचार साझा गर्नुहोस् । यसो गर्नाले तपाईंको भ्रम टाढा हुन्छ र मन हलुको हुन्छ ।

नकारात्मक सोचाइलाई नोट गरौ : कैयौंपटक हामी आप्mनो विचार प्रकट गर्न असमर्थ हुन्छौ । आप्mनो कुरा भन्न सक्दैनौं । हामीलाई लाग्छ हाम्रो कुरा कसैले बुझ्न सक्दैन । यस्तोमा जरूरी छ कि तपाईं नकारात्मक विचारलाई एउटा डायरीमा नोट गर्नुस् । त्यसपछि ती विचारलाई पढ्नुस् र बुझ्ने कोशिश गर्नुस् । यसो गर्नाले तपाईंलाई निकै राहत महसूस हुन्छ र तनावको स्तर पनि कम हुन्छ ।

मेडिटेसन गरौं : ओभरथिङ्किङ कम गर्नको लागि आप्mनो दिमाग सक्रिय राख्न जरूरी पर्छ । मेडिटेशनको मदतबाट तपाईं आप्mनो विचार कन्ट्रोल गर्न सक्नुहुन्छ । ध्यान लगाउनाले तपाईंको दिमागको फोकस बढ्छ र तनावको स्तर पनि कम हुन्छ । इन्टरनेटमा मेडिटेशन म्युजिक सुनेर पनि ध्यान लगाउन सकिन्छ ।

ट्रिगर प्वाइन्ट पहिचान गरौं : ट्रिगर प्वाइन्ट अर्थात् जसले तपाईंको ओभरथिङ्किङलाई बढाइदिन्छ । तपाईं आप्mनो ट्रिगर प्वाइन्टलाई जान्नुहोस् । कुन कुरा तपाईंलाई छिट्टै नराम्रो लाग्छ अथवा रिस उठ्छ, कुन कुराबाट तपाईं असुरक्षित हुनुहुन्छ साथै तनाव बढ्छ यो कुरा जान्न निकै जरूरी छ किनभने यदि तपाईंको समस्या तपाईंलाई नै थाहा हुँदैन भने त्यसको हल कसरी निकाल्न सक्नुहुन्छ ?

– प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here