खराब जीवनशैलीका कारण स्ट्रोक हुने गर्छ । तर केही रक्त समूह भएका व्यक्तिहरूलाई स्ट्रोकको बढी खतरा रहन्छ । साधारणतया चार प्रकारको रक्त समूह हुन्छ– ए, बी, एबी र ओ । ६० वर्ष उमेर पुगेका ए रक्तसमूहका व्यक्तिलाई स्ट्रोकको सबैभन्दा बढी खतरा हुने अनुसन्धानले देखाएको छ ।
ब्लड गु्रपको केमिकल संरचनाको नाता स्ट्रोकसँग हुन्छ । यसमा अलगअलग प्रकारको केमिकल हुन्छ जुन तपाईंको आरबिसी अर्थात् रातो रक्तकोशिकामाथि तैरिन्छ । ए गु्रपपछि बी र एबी ब्लड ग्रुप भएका व्यक्तिहरू बढी स्ट्रोकका शिकार हुन्छन् । यद्यपि ओ समूहवालाहरूको लागि खतरा कम रहन्छ । त्यसो त स्ट्रोक र ब्लड ग्रुपबीच सीधा नाता हुन्छ । तर जिनमा बदलावले पनि महŒवपूर्ण भूमिका खेल्छ ।
ए रक्त समूहलाई बढी खतरा : सन् २०२२ मा जिनोमिकमाथि काम गर्ने शोधकर्ताहरूले एउटा रिपोर्ट बनाएका थिए, त्यस रिपोर्टमा ए ब्लड गु्रप र स्ट्रोकबीच सम्बन्ध बताइएको थियो । करीब ४८ जेनेटिक्स अध्ययनमा १७ हजारभन्दा बढी व्यक्तिलाई सामेल गराइएको थियो । अध्ययनमा १८ देखि ५९ आयु समूहका व्यक्तिहरूलाई सामेल गराइएको थियो । अध्ययन अनुसार जसको ब्लड ग्रुप ए छ तिनमा अन्य रक्त समूहको तुलनामा स्ट्रोकको खतरा १६ प्रतिशत बढी थियो । जुन व्यक्तिको ब्लड ग्रुप ओ थियो उनीहरूमा स्ट्रोकको खतरा १२ प्रतिशतसम्म कम देखियो ।
ओ ब्लड गु्रप भएका व्यक्तिमा खतरा सबैभन्दा कमः युनिभर्सिटी अफ मेरिल्यान्ड भ्यास्कुलर न्युरोलोजिस्ट स्टिवेन किटनर भन्छन्– ए रक्त समूह भएका व्यक्तिहरू नै स्ट्रोकका शिकार किन बढी हुन्छन् ? त्यस सम्बन्धमा अहिले पनि ठोस अध्ययन गर्न आवश्यक छ । यद्यपि यस्तो पनि भनिन्छ कि ए रक्त समूह भएका व्यक्तिमा रगतको थक्का बन्ने आशङ्का बढिरहन्छ । यदि कुरा अमेरिकाको गर्छाैं भने त्यहाँ हरेक वर्ष करीब आठ लाख व्यक्ति स्ट्रोकको शिकार हुन्छन् जसमध्ये ५५ देखि ६५ वर्षका उमेरका व्यक्तिहरू स्ट्रोकको शिकार भएका छन् । अध्ययनको अर्काे महŒवपूर्ण निष्कर्ष ती व्यक्तिको तुलना गर्दा भेटियो जसलाई ६० वर्षभन्दा पहिले र ६० वर्षपछि स्ट्रोक भएको थियो । शोधकर्ताले ६० वर्षभन्दा बढी उमेरका लगभग नौं हजार व्यक्तिमाथि अध्ययन गरेका थिए, जसले स्ट्रोकको सामना गरिसकेका थिए ।
– प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)